‘तक्मे बुढा’ अर्थात विल्सन विक्रम राई अब भारतीय टेलिभिजनको पर्दामा पनि छाउने भएका छन् । भारतीय चर्चित निर्देशक आशुतोष गोवारिकको निर्देशनमा बन्न लागेको एक सिरियलमा विल्सनले काम गर्न लागेका हुन् । उनलाई यो स्थानसम्म पुर्याउन कलाकार सुलिन थापाले मद्दत गरेका हुन् ।
सिरियलको एक सय भागसम्म विल्सनको अभिनय रहने बताइएको छ । उनले यो सिरियलमा काम गरुन्जेल अन्य प्रोजेक्टमा भने काम गर्न पाउने छैनन् । तर उनका लागि सिनेमाको काममा कुनै रोकावट हुनेछैन । सिरियलमा संझौतका लागि विल्सन दिल्ली उड्न लागेका छन् ।
हिमान्चल प्रदेशको शेर्पा जातीको एक यूवकको भूमिका विल्सनलाई देख्न पाइनेछ । मार्च २८ मा दिल्ली जान लागेका विल्सनले काम गर्न लागेको सिरियलको नाम भने खुलाइएको छैन । हाँस्य सिरियल ‘मेरी बास्सै’बाट
हिट भएका विल्सन अहिलेका चर्चित कलाकार मानिन्छन् ।
No comments:
Post a Comment