काठमाडौं, चैत ५- सुशील कोइराला नेतृत्वको सरकारले मंगलबार आफ्नो न्युनतम साझा कार्यक्रम साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) सहभागी रहेको सरकारले सार्वजनिक गरेको सो नीति तथा कार्यक्रममा स्थानीय निकायको निर्वाचन, भौतिक पूर्वाधार विकास, विद्युत्भार कटौती योजना, आर्थिक समृद्धिलगायत विषय रहेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सिंहदरबारस्थित हर्क गुरुङ हलबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरे । कार्यक्रममा सरकारले एक वर्ष भित्र संविधान जारी गर्न संविधानसभालाई सरकारका तर्फबाट गर्न पर्ने कामलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय निकायको निर्वाचनलाई पनि जोड दिएको छ । संघीय संरचना अन्तर्गतका निकायहरु गठन नहुन्जेलका लागि दलहरुसंग परामर्श गरी स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरिने कार्यक्रममा उल्लेख छ ।
शान्ति प्रक्रियाको बाँकी सबै कामलाई प्राथमिकता दिंदै संवैधानिक निकायमा रिक्त पदहरु यथासिघ्र पदपूर्ति गरिने सरकारले आफ्नो साझा कार्यक्रममा समेटेको छ ।रिजालले १४५ बुँदको साझा कार्यक्रमका प्रमुख बुँदालाई
कार्यक्रममा पढेर सुनाएका थिए । लोडसेडिङ कम गर्ने कामलाई सरकारले उच्च प्राथिमकतामा राखिएको भन्दै साँझको समयमा घरेलु प्रयोगका लागि विद्युत आपूर्तिको प्रयास गरिने साझा कार्यक्रममा समेटिएको छ ।
सिंहदरवार र उपत्यका भित्रको तीन वटै जिल्लाको सडकमा सौर्य उर्जाको व्यवस्थामा जोड दिइने रिजालले बताए । उर्जा र कृषि क्षेत्रमा वैदेशिक लगानी बढाइने भएको छ ।सो क्रममा प्रधानमन्त्री र मन्त्रीहरुको आचार संहिता एवं सरकार सञ्चालनको कार्यविधिसमेत सार्वजनिक गरिएको थियो ।गत माघ २७ गते नेपाली काँग्रेसका सभापति कोइराला प्रधानमन्त्री भएकामा फागुन १३ गते मन्त्रिमण्डल विस्तार भएको थियो ।
No comments:
Post a Comment