काठमाडौँ,चैत१८– नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले
एमाओवादीसँग कुनै राजनीतिक हैसियत नभएको भन्दै उसलाई उच्चस्तरिय राजनीति
संयन्त्रको अध्यक्षको लागि दावी नगर्न आग्रह गरेका छन् । शान्ति सम्झौतामा
भएको ‘सहमतिको आधारमा अघि बढ्ने’ विगतको सम्झौतालाई खिल्ली उडाउँदै नेता
नेपालले एमाओवादीले आफ्नो हाइट अनुसार सक्रियता देखानु मात्र उचित हुने
भन्दै एमाओवादीको उच्चस्तरिय राजनीतिक परामर्श समितिको अध्यक्षको दावी
प्रति आपत्ती जनाए ।‘संविधानसभामा उपस्थित सङ्ख्याको अवस्थालाई ध्यानमा राखेर मात्र एकीकृत
नेकपा (माओवादी)ले हैसियतअनुसारको जिम्मेवारीका लागि दाबी गर्नु उचित
हुन्छ’, प्रधानमन्त्रीसँग भेटघाट गरेर बाहिरिने क्रममा संचारकर्मीसँग नेता
नेपालले भने,‘हैसियत नै नभएको पार्टीले दावी गर्दैमा उसलाई
हैसियत नै नभएको
पद दिन सकिँदैन ।’
नेता नेपालले उच्चस्तरीय राजनीति परामर्श समितिको अध्यक्षको दाबी सर्वप्रथम
प्रधानमन्त्रीले गर्नु पर्ने तर्क गर्दै एमाओवादी दावी नाजायज भएको जिकिर
गरे । उनले सुशिल कोइरालाले छाडेमा त्यसको पहिलो हकदार एमाले हुने बताउँदै
एमाओवादीले आलोपालो प्रणालीको आधारमा समितिको अध्यक्ष चयन गरिएमा भने अवसर
पाउने स्पष्ट पारे ।“स्थायी प्रकृतिको नभई आलोपालोका आधारमा हुने भएमा
मात्र एमाओवादीले त्यसअनुसारको जिम्मेवारी पाउन सक्छ” नेता नेपालले भने ।
यसैबीच प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले)का वरिष्ठ नेता
माधवकुमार नेपालबीच स्थानीय निकायको निर्वाचन, संविधानसभा मातहतका समिति र
उच्चस्तरीय राजनीतिक परामर्श समितिको गठनलगायत विषयमा केन्द्रित रहेर छलफल
भएको छ । भेटमा संविधानसभालाई पूर्णता दिने सन्दर्भमा २६ सभासद्को मनोनयन, समिति
गठन, स्थानीय निकायको निर्वाचन र उच्चस्तरीय राजनीतिक परामर्श समिति
शीघ्रातिशीघ्र गठनलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको बताइएको छ ।

No comments:
Post a Comment