(एजेन्सी) केही समयअघि मात्र सन्नी लियोनीले अब उनी अंग प्रदर्शन र बोल्ड सिनभन्दा पनि आफ्नो अभिनयलाई बढी ध्यान दिने बताएकी थिइन् । तर, उनको आगमी चलचित्र ‘टिना र लोलो’मा पनि फेरि उनको सेक्सी अवतारमा पुनः देख्न पाइने भएको छ, त्यो पनि पहिलेको भन्दा अझ बढी ।
उक्त चलचित्रमा आफ्नो रोल बारे सन्नी भन्छिन्, ‘कथाले नै केही अतंरंग दृश्य माग गरेको थियो । उक्त दृश्य हेर्दा पक्के पनि दर्शकहरुलाई झट्का लाग्ने छ । तर त्यसलाई निकै राम्रो तरिकाले छायांकन गरिएको छ ।’ सुत्रका अनुसार उक्त सिन मलेसियामा सुट गरिएको थियो ।
म्याक्सिमस मल्टिमिडिया र अलुम्ब्रा इन्टरटेनमेन्टले निर्माण गरेको ‘टिना र लोलो’ लाई देवंग ढोलकियाले निर्देशन
गरेका हुन् ।

No comments:
Post a Comment