Wednesday, April 2, 2014

बाबुराम भट्टराई विरुद्धको रीट सर्वोच्चद्वारा खारेज

                   १९ चैत, काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको अनुसन्धान प्रक्रिया अघि नबढाउन महान्यायाधीवक्ताको आदेशविरुद्ध परेको रीट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश रामकुमार प्रसाद साह र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई, तत्कालिन महान्यायाधीवक्ता मुक्ति प्रधानलगायतविरुद्ध परेको रिट खारेज गरेको हो । 
                     सर्वोच्चको अन्तरिम आदेशबाट फैजदारी न्याय प्रणाली प्रभावी भइसकेको भन्दै फैसलामा भनिएको छ-’अनुसन्धान प्रक्रियाका सबै चरण पूरा भइ अदालतमा अभियोगपत्र दायर भइसकेकाले मुद्दाको तथ्य र प्रमाणबाट ठहरे बमोजिम न्याय प्रदान कार्यले पूर्णथा पाउने हुँदा प्रस्तुत रिट निवेदनको प्रयोजन नरहेको । पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्तालाई पक्राउ गरेपछि तत्कालीन महान्यायाधीवक्ता प्रधानले अनुसन्धान रोक्न निर्देशन दिएका थिए । निर्देशन
खारेजको माग गर्दै अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रीट दायर गरेका थिए ।

No comments:

Post a Comment