१९ चैत, दाङ । एकीकृत माओवादीका नेता
लोकेन्द्र बिष्ट मगरले संविधान जारी भएपछि मात्रै स्थानीय निकायको
निर्वाचनमा जानु पर्ने वताएका छन् । उनले स्थानिय निकायको निर्वाचन र
संबिधान निर्माण प्रकृया संगैसंगै जान नसक्ने भएकाले संविधान जारी
गरेपछिमात्रै सम्भव रहेको वताए । रिपोटर्स क्लब दाङले बुधवार विहान
तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बिष्टले अहिले नै स्थानीय निकायको
निर्वाचनको कुरा गर्दा संबिधान निर्माणको अर्जुनदृष्टिबाट दलहरु चुक्न
सक्ने आशंका ब्यक्त गरे । राज्यको पुनःसंरचना गर्नु पूर्व स्थानीय निकायको
निर्वाचन गर्नु अनुपयुक्त हुने उनको भनाई छ । उनले सस्तो लोकपि्रयताका लागि
नेपाली जनतालाई भ्रममा पार्न नहुनेमा जोड दिए । विष्टले बिगतका गल्तिबाट पाठ सिक्दै सवै
दल संबिधान निर्माणका लागि दलहरु एकजुट हुनु पर्नेमा
जोड दिए । उनले
अघिल्लो संबिधानसभाले सहमति जुटाएका कुराहरुको स्वामित्व ग्रहणको प्रक्रिया
सुरु भइसकेकाले अब संबिधान निर्धारित मितिमै बन्नेमा आफू आशावादी रहेको
वताए ।
कार्यक्रममा एमाओवादीकै नेता कुबेर वलीले
एउटा जिवन्त पार्टी भित्र बैचारिक मत भिन्नता हुनु सामान्य भएको तर्क गरे ।
उनले एमाओवादीको नेतृत्वबीच युद्वकालदेखि नै मतभिन्ता रहँदै आएकोले यसले
झनै पार्टीको नीति परिमार्जन र नयाँ नीति अख्तियार गर्न सजिलो हुने विश्वास
ब्यक्त गरे । उनले एक वर्षभित्रै संबिधान निर्माण गर्न दलहरु फेरि पनि
चुके दुभाग्र्य हुने बताए ।
No comments:
Post a Comment