Thursday, April 3, 2014

पैसाको पछि लागेपछि केकीले छोडिन् अशक्त सुवासलाई

keki-and-subash               २०७० चैत २० निर्देशक तथा संचारकर्मी सुरज श्रेष्ठ भिडियोमा केही नयाँ गर्न रुचाउँछन् । सुमन कुमारको ‘बिहानी २’ एल्बममा समावेश ‘गल्ती गरेछु मैले’ बोलको गीतको म्यूजिक भिडियो उनले हालै मात्र तयार पारेका छन् ।
                यसैक्रममा काठमाण्डौमा आयोजना भएको भिडियो सार्वजनिक कार्यक्रममा सुरजले प्रशंसा पाए । उनलाई संचारकर्मीदेखि संगीतकर्मीहरुले वधाई दिएका थिए । भिडियोमा केकी अधिकारी, सुवास थापा लगायतका चल्तीका कलाकारले अभिनय गरेका छन् । भिडियोमा दुर्घटनामा परि असक्त भएका श्रीमानलाई आफ्नै श्रीमतीले गर्ने हेलालाई देखाउन खोजिएको छ । सुरजले भिडियोमा सन्देशसँगै नयाँ प्रयोग
गर्न खोजेको पनि जनाए । सुमनको यो एल्बममा ५ गीत समावेश छन् ।

No comments:

Post a Comment