काठमाडौं।
कम्युनिस्टहरू त्यसमा पनि माओवादीहरू धर्मकर्म र भाग्यमा विश्वास
गर्दैनन्। अझ ग्रहदशातिर उनीहरूको विश्वास हुँदैन। तर संयोग नै मान्नुपर्छ
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका लागि यो वर्ष अर्थात् २०७० निकै
पीडादायी र अफाप साबित भएको चर्चा माओवादी वृत्तमा चलिरहेको छ। अध्यक्ष
प्रचण्डको ग्रहदशा बिग्रिएको सन्दर्भमा पनि कुरा भइरहेका छन्। अहिले पुत्री
बियोगको पीडामा रहेका अध्यक्ष प्रचण्डको ग्रहदशा बिग्रिएको भन्दै कतिपय
आध्यात्मिक गुरुहरूले स्वस्ती शान्तिका लागि प्रस्ताव समेत पठाएका छन्।
धर्मकर्ममा बिश्वास नभए पनि आस्था राख्ने प्रचण्डले केही बर्षअघि भैंसी
पूजा गरेको चर्चा अहिले पनि चल्ने गर्छ। यसै बर्ष जेठी छोरीको असामयिक निधन
हुनु, यसै वर्ष संविधानसभाको निर्वाचनमा एमाओवादी पार्टीको लज्जास्पद
वि.स. २०७० साल प्रचण्डका लागि यस अर्थमा पनि अनिष्टको भयो कि, यसै बर्ष
आफैंबाट फुटेकेा पार्टी नेकपा माओवादीले जताततै चुनाव हराउन भूमिकामात्र
खेलेन, कन्चनपुरमा झण्डै प्रचण्डनै एम्बुसमा परे। उनले आफ्नो हत्याको
प्रयास भएको त्यतिबेलै बताएका थिए। यस वर्षको चुनावमा पार्टीमात्र हारेन
उनी आफैं काठमाडौंको १० नम्बर क्षेत्रबाट हार्दा विश्वव्यापी खबर बन्यो भने
छोरी रेणु दाहाल र बुहारी बिना दाहालका साथै भाइ नारायण दाहाल पनि चुनावमा
पराजित भए। यसै वर्ष पत्नी सीता पनि निकै गम्भीर बिरामी भएर सिंगापुर
उपचारका लागि लगियो। यसै वर्ष छोरा प्रकाशले तेस्रो बिहे गरेको सन्दर्भमा
कारबाही फुकुवा भए पनि पार्टीमा तीब्र आलोचनापछि उनले छोरालाई निजी
सचिवालयबाट निकाल्नुपर्योी। अहिले प्रकाशले आफू गाईपालन गरिरहेको बताएका
छन्। कान्छी छोरीको पनि पहिलो घरबार बिग्रिएर दोस्रो बिहे भयो भने नातिनीले
आफैं भागेर बिहे गर्न लागेपछि झटपट मगनी गरेर बिहेदान गरिदिनुपर्योे।
चुनावमा अप्रत्याशित पराजयपछि उनी पार्टीभित्र पनि तीब्र संकटमा परे।
बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दुवैले उनलाई थप कमजोर बनाउन खोजेको
आरोप पनि लाग्यो। पछिल्लो समयमा बाबुरामको नयाँ शक्तिको चर्चा र प्रचण्डबाट
अब पार्टी नचल्ने ठहरपछि उनी थप बिचलित भएका बेला पुत्रीशोकमा परेका छन्।
पुत्रीशोकमा परेको यो दुःखद घडीमा प्रचण्ड परिवारमा हार्दिक समवेदना। २०७१
साल प्रचण्डका लागि शुभ रहोस्।
No comments:
Post a Comment