विकल्प नदिइ हटाए कडा आन्दोलनमा उत्रने चेतावनी '
काठमाडौं,चैत१८–
उपप्रधान तथा गृहमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतमको फुटपाथ
पसलेहरुलाई हटाउने निर्णयलाई लिएर अहिले उनको चौतर्फी आलोचना भइरहेको छ ।
सर्वहाराको प्रतिनिधित्व गर्ने पार्टीको नेतृत्व गरेर सरकारमा आएको दावी
गर्ने गौतमले शपथ ग्रहण गरे लगत्तै ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’
भने जसरी गरिखाने बर्गमाथि जागिलागेपछि अहिले उनकै पार्टी संम्बद्धहरुबाट
उनको कडा आलोचना र विरोध हुन थालेको छ ।
यसै शिलशिलामा आज काठमाडौंका फुटपाथ पसले एवं एमालेसमर्थित मजदुर संगठनका
कार्यकर्ताले बामदेवविरुद्ध अनर्गल नाराबाजी गर्नुका साथै अमाचकारी
गालीगलौज समेत गरेका छन् । काठमाडौंको सुन्धाराबाट मंगलबार विहान निकालेर
रत्नपार्कमा कोणसभामा परिणत भएको जुलुसमा यसरी बामदेवविरुद्ध नारावाजी
गरिएको हो । त्यहाँ कार्यकर्ताले वामदेवालाई तल्लो स्तरको गालीगलौज
गरेका
थिए ।
वामदेव गृहमन्त्री भएसँगै विना विकल्प सडकमा व्यापार व्यवसाय गरेर गुजारा
गर्दै आएकाहरुलाई हटाइएपछि फुटपाथ पसलेहरु सरकारविरुद्ध आन्दोलनमा उत्रिएका
छन् । उनीहरुले आफुहरुको रोजीरोटी खोस्न सरकार उद्दत रहेको भन्दै विकल्प
दिएर मात्र फुटपाथ व्यापारीलाई हटाउन माग गरेका छन् । फुटपाथ पसलेले
सरकारले पेलेर अघि बढ्ने रणनीति अगाडि सारे त्यसको कडा मुल्य चुकाउनु पर्ने
भन्दै आन्दोलनको चेतावनी समेत दिएका छन् ।
No comments:
Post a Comment