काठमाडौं,
जेठ २० – गृह मन्त्री बामदेव गौतमविरुद्ध अपशब्द प्रयोग गरी फेसबुकमा
टिप्पणी गरेपछि पक्राउ परेका इलाका प्रशासन कार्यालय सिरहामा कार्यरत शाखा
अधिकृत राजु साह रिहा भएका छन् । साहले आफूले गल्ति गरेको भन्दै माफी
पत्रमा हस्ताक्षर गरेपछि मुद्दा दर्ता नगरी रिहा भएका हुन् ।
साहले फेसबुकमा गृहमन्त्री वामदेव गौतमको तस्वीरमा ‘पछाडिपट्टीबाट गोली
हान्नुपर्ने’ कमेन्ट गरेका थिए । यस विषयमा सञ्चार माध्यममा समाचार आएपछि
उनले उक्त कमेन्ट डिलिट पनि गरेका थिए । तर उनलाई केन्द्रीय अनुसन्धान
व्यूरोले वीरगन्जबाट
पक्राउ गरेको थियो ।
No comments:
Post a Comment