२४ जेठ, इटहरी । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा औपचारिक
कार्यक्रमै गरेर पार्टी अध्यक्षको उम्मेद्वारी घोषणा गरेका एमाले नेता
माधवकुमार नेपालले शुक्रबार सुनसरी पुगेर आफूले अध्यक्षको उमेदवारी घोषणा
नगरेको बताएका छन् ।
एमालेनिकट नेपाल खेलकुद महासंघको
पूर्वाञ्चल स्तरीय खेलकुद भेला तथा प्रशिक्षणमा सहभागी हुन इटहरी आएका नेता
नेपालले पत्रकारहरुसँगको प्रतिक्रियामा नयाँ पुस्ताको नेतृत्वका लागि आफू
खुला रहेको बताए ।
नेता नेपालले नेतृत्वका लागि व्यक्तिलाई
प्राथमिकता नदिन आग्रह गर्दैर् नीति र जनअपेक्षालाई केन्द्रविन्दुमा राखेर
आवश्यकता मूल्यांकन गर्नुपर्नेमा जोड दिए । आफ्नो सवालमा नेतृत्वको कुरा
गौण विषय भएको भन्दै उनले नीति, पार्टी एकता, आगामी कार्ययोजना र जनताको
अपेक्षा ठूलो कुरा भएको बताए ।
नेता नेपालले अरुको बद्ख्वाइँ गर्ने
कुरालाई आफूले कहिल्यै प्राथमिकता नदिएको भन्दै नेता केपी शर्मा ओलीलाई
आफूले रोगी नभनेको दाबी गरे । जिल्ला-जिल्लाबाटै आफूहरुले स्वस्थ
प्रतिस्पर्धालाई प्राथमिकता दिएको उनको भनाइ थियो । तर, गुटगत राजनीतिले
भने राम्रो सन्देश नजाने भन्दै उनले मिलेर जानुको विकल्प नभएको बताए ।

No comments:
Post a Comment