काठमाडौं, जेठ २४ – नेकपा–माओवादीका
अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकार सर्वपक्षीय राजनीतिक सम्मेलनप्रति
गम्भीर नभएको बताएका छन् । ‘हामीले राजनीतिक निकासको लागि प्रधानमन्त्रीसँग
भेटेर सर्वपक्षीय राजनीतिक सम्मेलनबाट निकास खोजौं भनेका थियौं, हुन्छ
भन्नुभएको थियो तर त्यसलाई गम्भीरतापूर्वक लिएको देखिएन’ वैद्यले भने ।
नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा स्व. भक्तबहादुर श्रेष्ठका संकलित
रचनाहरुको शुक्रबार संवाद डबलीमा सार्वजनिकीकरण गर्दै अध्यक्ष वैद्यले,
सच्चा माओवादीलाई बेवास्ता गर्दै बनेको संविधानसभाले जनताको पक्षमा संविधान
नलेख्ने दाबी गरे । सर्वपक्षीय राजनीतिक सम्मेलनमा सबै सबेर नयाँ निकास
खोजौँं भन्दापनि नसुनिएकाले आफूहरुले नयाँ आन्दोलनको तयारी गरिरहेको
वैद्यले बताए । भक्तबहादुर स्मृति प्रतिस्ठानले आयोजना गरेको कार्यक्रममा
स्व.
भक्तबहादुरका संकलित रचना भाग १ र २ को सार्वजनिक गर्दै वैद्यले भक्तबहादुर
श्रेष्ठ र आफू सँगै रहेर कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई बचाएको
बताए । उनले चौथो महाधिवेशन हुँदै एकाओवादीसम्मका दुई लाइन संघर्षमा
आफूहरु एक भएर अबसरवाद र दक्षिणपन्थी सुधारवादका विरुद्ध लगेको बताए ।
अध्यक्ष वैद्यले प्रचण्ड–बावुरामको विचल नको विरुद्धमा संघर्ष सल्लाह गरेर
नै दुई लाइन संघर्ष गरेको बताएँ । ‘सार्वजनिक गरिएका रचनाहरुले
भक्तबहादुरको राजनीतिक गरिमा र वजलाई बढाएको छ, यी चनाहरु नेपाली
क्रान्तिलाई अगाडी बढाउने सहयोगी हुनेछन्’ वैद्यले भने ।
भक्तबहादुर स्मृति प्रतिस्ठानका अध्यक्ष तथा नेकपा–माओवादीका अध्यक्ष सिपी
गजुरेलले भक्तबहादुरले जति नेपालको कम्युनस्टि आन्दोलनमा खेलेको भूमिका
स्थापित भइनसकेको बताए । ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धारमा
अगाडी बढाउन उहाँको ठूलो भूमिका छ, जहिलेपनि भक्तबहादुर क्रान्तिकारी
धारमै उभिनुभयो’ गजुरेलले भने । कार्यक्रममा प्रा. डा. रमेश शर्मा, डा.
ऋषिराज बराल र प्रा.डा. नन्दीश अधिकारीले संकलित रचनहरुले नयाँ जनवादी
क्रान्तिलाई पूरा गर्न मार्गदर्शनको काम गर्ने बताएका थिए ।
No comments:
Post a Comment