Monday, August 4, 2014

मोदीको सवारीले सर्वसाधारणलाई सास्ती नै सास्ती

विरामी कुरुवाले समेत अस्पताल जान पाएनन्
             न्काठमाडौं, साउन१९–नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कारण सर्वसाधारणहरुले अहिलेसम्म नभोगेको हैरानी र सास्ती भोग्नु परेको छ । मोदीको सुरक्षाको लागि भन्दै लामो समय सवारी आवागमनमा रोक लगाएपछि सर्बसाधारणहरुले दुई दिनदेखि निकै असहज महसुस गरिहेका हुन् । विगतमा राष्ट्रपतिको सवारीमा केही समय सवारी आवागमनका क्रममा सास्ती भोगेका सर्वसाधारणहरुले त्यसको तुलनामा कैयौं गुणा लामो निस्सार लाग्दो हैरानी र बुहार्तन खेपिरहेका छन्,राजधानीमा । विशेष गरेर मोदी आवागमन हुने क्षेत्रका सर्वसाधारणले मोदी सुरक्षालाई मध्यनजर गर्दै सरकारले आवागमनमा रोक लगाएपछि आफ्नो दैनिक जीवनयापनका कठिनाई भएको भन्दै आक्रोस व्यक्त गरिरहेका छन् । मोदी सवारीका कारण आवागमनमा कडाइ गरिएपछि अस्पताल जस्ता संबेदनशिल स्थानमा पुग्ने विरामीदेखि तिनका कुरुवाहरुले समेत यसका कारण गन्तव्यमा पुग्न सकेका छैनन् । बाराका सुजन शर्माले आइतबार विर अस्पतालमा रहेका आफ्ना आमालाई कुर्न समयमा पुग्न नसकिएको गुनासो गरे । मोदीको सवारीका कारण आवागमनमा अफ्ठारो झेलेपछि यसरी आक्रोस पोख्नेहरु बर्गेल्ती
भेटिन्छन् ।
आइतबारमात्रै विमानस्थल भएर दरबारमार्गमा रहेको हायात होटलमा मोदी जाने भएपछि चक्रपथ भएर चल्ने सवारी साधनका साथै त्यस क्षेत्र भएर रत्नपार्कतर्फ जाने सवारी साधनहरु रोकिए । मोदी सवारीको केही समय गाडी रोकेर आवागमन खुलाउन सकिने भए पनि प्रशासनले सुरक्षाको हवाला दिँदै घन्टौ सवारी आवागमनमा रोक लगाए,जसबाट सर्वसाधारणले आफ्नो गन्तव्यमा पुग्न कठिनाइ झेले । १०ः३० बजे विमानस्थलमा उत्रिएका मोदी सुरक्षाको लागि भन्दै आइतबार १ घन्टा अगाडि देखि करिव १२ बजेसम्म सवारी आवागमनमा रोक लगाएपछि कार्यालय हिँडेका कर्मचारीलगायत अन्य सर्वसाधारणहरुले हिँडेर कार्यालयसम्म पुग्नु परेको थियो । झनै मोदी सिंहदरबार र संसद्लाई सम्बोधन गर्न बानेश्वरमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आवत जावत गरेपछि सर्बसाधारणले दिनभर असुविधा झेलिरहे । कतिसम्म भने आइतबार राति प्रधानमन्त्री सुशिल कोइरालाले सोल्टीमा दिएको रात्रिभोजमा गएका मोदीको सुरक्षाको लागि भन्दै अबेर सम्म कलंकी–रत्नपार्क लगायत रत्नपार्क क्षेत्र भएर चल्ने सवारीलाई आवगमनमा रोक लगाएको थियो ,जसका कारण ट्याक्सी चढेका सर्वसाधारणले राति अबेरसम्म पनि आफ्नो गन्तव्यमा पुग्न सकेनन् ।
सोमबार बिहान मोदी पशुपति दर्शन गर्ने कार्यक्रमका कारण सर्वसाधारणले तीन घन्टा अघिदेखि सवारी आवागमन रोकिएपछि अर्को हैरानी खेपे । पशुपतिमा सोमबारको पुजा गर्न गएका सर्वसाधारणलाई समेत मोदी आउने भन्दै विहानैदेखि प्रबेशमा रोक लगाइएको थियो ।

No comments:

Post a Comment