राष्ट्रपति कार्यालयको व्यवस्थापनबारे नेताको गुनासो
१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीसहितको दिवाभोजका लागि सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका नेताहरुले एउटै कोठामा कोचिएर झण्डै ४५ मिनेट उभिनुपरेको छ । बस्ने ठाउँसमेत नभएको कोठामा त्यसरी उभिनेहरुको ताँतीमा उपराष्ट्रपति परमानन्द झादेखि पूर्वप्रधानमन्त्रीहरु समेत थिए ।
राष्ट्रपति डा. रामवरण यादवले मोदीको सम्मानमा ११:४५ बजे दिवाभोजको आयोजना गरेका थिए । शीतलनिवासले उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशसहित संविधानसभामा तीन सिटसम्म प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वसभामुखलाई निम्तो दिएको थियो ।
शीर्षनेताहरु निम्तो मान्न समयमै राष्ट्रपति कार्यालय पुगेका थिए । तर, राष्ट्रपति र मोदीबीचको भेट लम्बिएपछि ३०/३५ नेताहरुले एउटै कोठामा उभिएर आधा घन्टादेखि ४५ मिनेटसम्म कुर्नुपरेको हो ।
कोठामा कुर्सीको व्यवस्था नभएका कारण नेताहरुले उभिएरै समय काटेका छन् । ‘पहिलो तल्लाको लञ्च हलसँगैको कोठामा सबैलाई राखिएको थियो । तर, कुुर्सीको व्यवस्था थिएन’ एक नेताले अनलाइनखबरसँग भने-’व्यवस्थापन गर्दा भेट लम्बिए
No comments:
Post a Comment