Monday, February 23, 2015

गगन थापाले भने, ‘प्रधानमन्त्रीले कुर्सी छाड्ने बेला भएको छैन’

            काठमाडौं, फागुन ११ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केही नेताको छुद्र स्वार्थले सहमति हुन नसकिरहेको बताएका छन् । नेताले आफ्नो राजनीतिक भविष्य सुरक्षित नदेखेको कारण छुद्र स्वार्थ देखाएर सहमतिको वातावरण बिगारेको आरोप लगाए । ‘संविधानको अन्र्तवस्तुमा खासै विवाद छैन, संघीयताको विवादमा पनि सहमति बनाउन सकिन्छ,’ थापाले भने, ‘अहिलेको बखेडा
केही नेताको छुद्र स्वार्थको परिणाम हो ।’ कसैको व्यक्तिगत स्वार्थका लागि देश अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै सहमतिका विरोधीहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।थापाले १६ फागुनभित्र सहमति नगरे देश द्वन्द्वमा फस्ने उनको दावी छ । सत्तापक्ष र विपक्षी मोर्चा दुवै आ–आफ्ना स्वार्थलाई थाती राखेर तत्काल सहमति बनाउनुको विकल्प नभएको बताउँदै प्रमुख राजनीतिक दलहरुबीच विवादित भनिएका संविधानका अन्र्तवस्तुमध्ये संघीयताबाहेक अन्य विषयमा विवादै नभएको भन्दै अनावश्यक बखेडा गर्नुले शंका जन्माएको बताए । उनले भने,‘काँग्रेस,
एमाले र राप्रपाले अघि सारेको नौ बुँदे र एमाओवादी नेतृत्वको मोर्चाले अघि सारेको नौ बुँदे अवधारणा दुवैमा जति वर्ष छलफल गरेपनि निश्कर्ष निस्कदैन, त्यसैले अब सिधा संविधानका अन्र्तवस्तुमा छलफल गर्नुपर्छ ।’ समस्याको समाधान नै नुहने हो भने विवादित प्रदेशलाई हाललाई केन्द्रमा राखेर विस्तारै प्रदेशमा गाभ्दा पनि हुने बताउँदै उनले जिल्लाको सीमानाहरुलाई तोड्दा पनि हुन्छ, जे गर्दा भोलिसम्म पनि राम्रो र भरपर्दो हुन्छ त्यही गर्नुपर्ने सुझाव दिए । उनले सत्तापक्ष र विपक्षी दुवैले अघि सारेको संघीयताको वारेमा विशेष तर्क र तथ्य नभएको आरोप लगाउँदै भावना बोकेर संघीयता हुनै नसक्ने गुनासो पोखे । प्रधानमन्त्री कोइरालाले संविधान जारी भइसकेपछि सरकार स्वतः छोड्ने बताईसकेको उल्लेख गर्दै अहिले नै सरकार परिवर्तनवारेमा प्रतिक्रिया दिन उपयुक्त नहुने जिकिर गरे । उनले भने, ‘प्रधानमन्त्री ज्यू स्वयमले भनिसक्नुभएको छ, त्यसलै अहिले नै सरकार परिवर्तनको कुरा नगरौं, त्यतिवेला उहाँलाई दबाब दिन हामी तयार छौं ।’ एमाओवादी नेता हिसिला यमीले आफूहरु वार्ता र सहमतिबाटै निकास निकाल्ने पक्षमा रहेको बताइन् । आफूहरुले लिएको नीति सहमतिबाट संविधान जारी गर्नका लागि केन्द्रित भएको उनको भनाई थियो । यमीले भनिन्, ‘सहमतिका पक्षमा सबैभन्दा लचिलो र जिम्मेवार एनेकपा माओवादी छ ।’ संविधानसभाबाटै संविधान जारी गर्ने कुरामा कुनै द्विविधा नभएको भन्दै काँग्रेस, एमाले लगायतका सत्तारुढ दलले विगतका सबै खाले आन्दोलन, सम्झौता तथा सहमतिहरुलाई कार्यान्वयन गर्छौ भन्ने लिखित प्रतिबद्धता आए वार्तामा बस्ने स्पष्ट पारेकी छिन् । सत्तापक्षलाई सहमतिमा ल्याउनकै लागि एनेकपा माओवादी नेतृत्वको मोर्चाले शान्तिपूर्ण दबाबमूलक कार्यक्रम अघि सारेको बताईन् । संविधानका अन्र्तवस्तुमा सहमति जुटाउनकै लागि संविधानसभा अन्र्तगतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले काम गरिरहेको अवस्थामा एकाएक काँग्रेस र एमालले बहुमतको दम्भ देखाएर प्रक्रिया शुरु गर्दा समस्या उत्पन्न भएको उनको भनाई थियो । नेकपा एमालेका केन्द्रीय सदस्य डा. राजन भट्टराईले सहमति र संवादको विकल्प नभएको भन्दै सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिए । दलहरुबीच देखिएको विवादले जनतामा नैराश्यता पैदा भएको भन्दै दलहरुले तत्काल जनताको आक्रोशलाई मध्यनजर गर्दै सार्थक सम्वाद सुरु गर्नुपर्ने बताए । उनले विपक्षी मोर्चाले फागुण १६ गते कस्तो शक्ति प्रदर्शन गर्न सकिन्छ भनेर पर्ख र हेरको नीतिमा रहेकोले वार्ताले औपचारिकता नपाएको भन्दै युवा नेताहरुले सुरु गरेको पहल पनि त्यसै तुहिने हो कि भन्ने आशंका रहेको बताए ।

No comments:

Post a Comment