Saturday, May 2, 2015

भूकम्पका परी ज्यान गुमाउनेको संख्या सात हजार ४० पुग्यो

         २० बैशाख, काठमाडौँ । विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार ४० पुगेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या १४ हजार तीन सय ९८ पुगेको छ । भूकम्पका कारण १० हजार चार सय ७७ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार एक सय ६८ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका एक लाख ४१ हजार दुर्इ सय ३३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ४९ हजार ६ सय ५९ घर क्षति भएका छन् । पूर्वाञ्चलमा ५२, मध्यमाञ्चलमा छ हजार तीन सय ६९, पश्चिमाञ्चलमा चार सय १८ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रले जनाएको
छ । सिन्धुपाल्चोकमा दुई हजार पाँच सय ८०, नुवाकोटमा ६ सय ५९, गोरखामा चार सय १०, काभ्रेमा तीन सय ११ र रसुवामा तीन सय ६ जनाको मृत्यु भएको छ ।

No comments:

Post a Comment