Saturday, May 2, 2015

राहत ल्याउलान्भन्दा रमिते बने सभासद्

सभासद् महोदय सर्प पनि मरोस् लट्ठी पनि नभाँचियोस भन्ने काम नगर

          पर्वत, वैशाख २० – शनिवार आएको भूकम्पका कारण पर्वत जिल्लामा ठूलो रुपमा भौतिक क्षति भएको छ । महाविनासकारीका रुपमा आएको भूकम्पका कारण जिल्लामा हालसम्म ४ हजार १ सय १८ घरहरु क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण दक्षिण भेगका अधिकांश घरहरुमा पूर्ण रुपमा क्षति भएपछि सुत्केरी समेत बारीमा चिसो भुइँमा बस्न बाध्य भएका छन् । भूकम्पको पूर्ण क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म संकलन गर्न सकेको छैन । भूकम्पका कारण घरवारविहिन भएका भूकम्प पीडितलाई स्थानिय प्रशासनले कुनै पनि राहत वितरण नगरेको भन्दै आक्रोश पोखेका छन् । संविधानसभाको निर्वाचनमा विभिन्न सेवा र सुविधाको व्यवस्था मिलाईदिने भन्दै भोट माग्दै हिँडेका सभासद्हरु चुनाव जितेपछि आफुले गरेका बाचा भुलेको स्थानियहरुले आक्रोश पोखेका छन् । शुक्रवार भूकम्पको क्षतिको अवलोकन गर्न दक्षिण भेगतर्फ गएकी सभासद् कल्पना चापागाई देखेपछि
स्थानियहरु निकै नै हर्षित थिए । सभासद् आउनुभयो, अब केही राहत पाईन्छ होला तर, उनीहरुको आशा निरासामा बदलियो । जब सभासद् चापागाई खाली हात गाडीबाट झरिन अनि चारैतिर हेरे बाटो लागिन् । सभासद् चापागाई नेकपा एमालेकी समानुपातिक तर्फकी सभासद् हुन् । सरकारी गाडी लिएर भूकम्पको क्षतिको बारेमा जानकारी लिने भन्दै सभासद्हरुलाई यतिबेला भान्जाको निउले मलाई पनि घिउले भने जस्तै काइदा भएको छ । क्षेत्र नं २ का नेकपा एमालेका सभासद् विकास लम्साल भूकम्प गएको बेला उनी काठमाडौंमा नै थिए । भूकम्पका कारण पर्वतबासीको सपना र घरबार गुमेर टाउकोमा हात राखेर बसेको बेला भने, ‘उनले सामाजिक संजाल फेसबुकमार्फत् सहानुभुति देखाए । तर, पर्वतमा जनता राहत र उद्धारको लागि छट्पटाइरहेका थिए । भूकम्पको क्षतिले गर्दा बारीको पाटोमा बस्न बाध्य भएका जनतालाई काठमाडौंबाट आउँदा केहि राहत ल्याउलान् भन्ने दक्षिण भेगका बासिन्दालाई आस थियो । जब उनी जिल्लामा आए फेरि पनि पीडितको घाउमा मलम उनले पनि लगाउन सकेनन् नेपाली काँग्रेसका सभासद् अर्जुन जोशीले पनि भुकम्प पीडितको उद्धारको लागि तथा गाउगाउमा भएको क्षतिको विवरण संकलनको लागि टोलीनै बनाएर गाउँगाउँ पठाए तर उनको त्यो टोली पनि पर्वतबासीलाई हात्ती आयो हात्ती आयो फुस्स सरह नै भयो जिल्लामा रहेका तीन सभासद्बाट पर्वतबासीले विपतको बेलामा ठूलो सहयोगको अपेक्षा गरेको थिए तर पर्वतबासीको मुहारमा कान्ति, पर्वतमा शान्ति र विकासको विगुल घन्काउदै भन्दै भोट माग्दै हिडेका सभासद् विपतको बेलामा रमिते बनेको पर्वतबासीको आक्रोश छ । जिल्लाको सवैभन्दा बढि दक्षिण क्षेत्रमा क्षति भएको भएता पनि अझसम्म सरकारी निकाय सवैठाउँमा पुगको छैन । सामाजिक कार्यमा लागेका भनिने पर्वतका आइएनजिओ र एनजिओ पनि कुन दुलोमा छन् पत्तो हुन सकेको छैन । गाविसमा कति क्षति भयो भन्ने बारेमा गाविस सचिव क्षतिको विवरण संकलनको लागि गाउँमा पुगेपनि बास्तविक क्षतिको विवरण नबुझि फर्किने गरेकोे दलित सञ्जालका सचिब कुलवहादुर घिताङ बताउँछन् । हालसम्म पर्वतबासीले राहतको नाममा सदरमुकाम केन्द्रीत र नगरपालिका भित्रका पीडितले मात्रै पाल पाएको तर आफुहरुले राहत नपाएको उनको गुनासो छ । नेपाली सेना, नेपाल प्रहरी र अन्य केही संघसंस्थाले जिल्लामा हालसम्म करिब ८ सय पाल वितरण गरिएको जनाएको छ । महाविपतका रुपमा आएको भुकम्पका कारण घरको न घाटको भएर विचल्लीमा परेको जिल्लाबासी भोकभोकै बस्न बाध्य भएका छन् । घरमा भएको अन्न पनि घरमा पुरियो, बाहिरबाट ल्याउ साथमा केहि छैन , सरकारले खाना दिएको छैन , सरकारले दिएको पालले मुखमा माड लाग्दैन के गर्ने रु उनीहरुको गुनासो छ । सरकारले पर्वत जिल्लामा २५ लाख रुपैयाँ राहतको नाममा पठाएको खबर छ । स्थानिय प्रशासनले तत्कालका लागि पूर्णरुपमा घरमा क्षति भएकाहरुलाई ५ हजार र आंशिक क्षति भएकाहरुलाई ३ हजार दिने निर्णय गरेता पनि अहिले सम्म जनताले पाउन सकेका छैनन् । जिल्लामा रहेका संघसंस्था, क्याम्पस तथा अन्य निकायले जिल्लामा पनि भौतिक क्षति भएका कारण हजारौ पर्वतबासी घरबारविहिन भएको बेला राहत जिल्लामा संकलन गरी जिल्लामा नै वितरण नगरि बाहिर पठाएकोमा समेत उनीहरुको दुखेसो छ । उनीहरु भन्छन् नजिकको तिर्थ हेला भए जस्तै भो, अन्तका भुकम्प पीडितको नाममा जिल्लामा राहत संकलन गरी पठाए तर जिल्लाभित्र भएको बेहाल कसैले पनि हेरेनन्, स्थानिय सरकार र यहाँको संघसंस्था, नेताको मुख हेर्नु आकासको फल आँखा तरी मर जस्तै हो तिलाहार गाविसका गणेश जिसीले भने । भुकम्प पीडितको नाममा आएको रकम पीडितको हातमा छिटो पुगोस र पीडितले राहतको महसुस गरुन, मामाको धन, फुपुको श्रद्धा स्थानिय प्रशासनले नगरोस्, गास, बास र कपासको व्यवस्था सहित भुकम्प पीडितको घाउमा मलमपट्टी छिटोभन्दा छिटो गरियोस् । सभासद् महोदय सर्प पनि मरोस् लट्ठी पनि नभाँचियोस भन्ने काम नगर नगरपालिकाभित्र भुकम्पको क्षतिको निरिक्षण हैन दक्षिण भेगमा सुत्केरी बारीमा हप्तादिन देखि पालको छहारीमा बसेका छन् तिनीहरुको उद्धार गर अनि राहत वितरण गर । नगरपालीका भित्र सवैको आँखा पुगेको छ । तर, अति दुर्गम भेगमा हैन । चेतना भयो ।

No comments:

Post a Comment