Saturday, May 2, 2015

बारपाकमा भूकम्पपछि पहिरो

            गोरखा, वैशाख २० – बारपाकलाई केन्द्र बनाएर शनिबार बिहान ११ बजे गएको ५.१ रेक्टर स्केलको भूकम्पले गोरखाको बारपाकमा ३ ठाउँमा पहिरो गएको छ । स्थानीयवासीकाअनुसार भूकम्पको धक्का महसुस गरेपछि भागदौड हुँदा एक जना स्थानीय महिला सामान्य घाईते भएको स्थानीय जितबहादुर घलेले जानकारी दिए । बारपाक गाउँभन्दा २ किलोमिटरमाथि वडा नम्बर–३ को वारगाउँ र धामी गाउँमा पहिरो गएको उनले बताए । पहिरोले नेपाल टेलिकमको टावरमा क्षती पुगेको छ । गत शनिबार गएको भूकम्पले बारपाकको मान्द्रेलगायत एकदर्जन गाउँमा पहिरो गएको थियो, भने जमिनहरु भासिएका थिए । त्यस ठाउँमा स्वास्थ्य टीमसहित ४३ जना भारतीय सेनाले उद्धार र राहत वितरणको काम गरेका छन् । उद्धार र राहतका लागि भनेर गोरखाको मान्द्रे गाउँमा नेपाली सेनाका क्याप्टेन नारायण प्रसाद आचार्यको नेतृत्वमा टोलीलाई
खटाएको छ ।

No comments:

Post a Comment