Saturday, May 2, 2015

नेदरल्याडमा हमालले जुटाए ९० लाख

             नायक राजेश हमाल अहिले नेदरल्याण्ड पुगेका छन् । उनले त्यहाँ पुगेर सहयोग राशी जुटाएको बताएका छन् । भूकम्प पीडितहरुका लागि हमालले विभिन्न संचारमाध्यमबाट सहयोगका लागि अपिल गरेको बताए । उनले दिनभरमा ९० लाख नेपाली रुपैयाँ संकलन भएको पनि बताए । यो रकमलाई विभिन्न फाउन्डेशनको मार्फत नेपालका भूकम्प प्रभावित क्षेत्र र त्यहाँका बासिन्दामाझ पुर्‍याइने हमालको भनाई छ । उनले फेसबुकमा यो कुराको जानकारी गराउँदै आउँदो बिहिबार नेपाल र्फकने पनि बताए । भूकम्पबाट प्रभावित भएकाहरुलाई बलिउड र हलिउडबाट सहयोगको अपिल भएपनि नेपाली कलाकार सुस्ताएको गुनासो आइरहेको थियो । अहिले नेपाली चलचित्रकर्मीहरु सहयोगका लागि सक्रिय
हुन थालेका छन् ।

No comments:

Post a Comment