Monday, July 15, 2013

राष्ट्रपतिको खर्च ४५ लाख, उपराष्ट्रपतिको ६० लाख


५१ प्रतिशत बढ्यो अख्तियारको बजेट

        ३१ असार, काठमाठौं । चालु आर्थिक वर्षमा राष्ट्रपति डा. रामवरण यादवभन्दा उपराष्ट्रपति परमानन्द झाले बढी खर्च गरेको तथ्यांकमा देखिएको छ । चालू आर्थिक वर्षमा राष्ट्रपति कार्यालयको खर्च ४५ लाख हुँदा उपराष्ट्रपति कार्यालयले ६० लाख खर्च गरेको छ ।

अमेरिकामा भासिदै प्रहरी

USembassy-kathmandu                            नेपालजस्तो बेरोजगारले भरिएको देशमा प्रहरीको जागिरलाई निकै आकर्षक मानिन्छ। त्यसमा पनि अधिकृत तहको त छुट्टै सान छ। तर, नेपाल प्रहरीका केही राम्रा प्रहरी अधिकृतहरू जागिर छाडेर विदेशिन थालेको देख्दा भने प्रहरीको जागिर झुर हुन थालेको संकेत मिल्छ। संगठनमा राम्रो पहिचान बनाएका र इन्सपेक्टरबाट भर्ना भएका प्रहरी अधिकारीहरू समेत धमाधम जागिर छाडेर विदेशिन थालेका छन्।
                    त्यसरी विदेशिने प्रहरी अधिकारीको पछिल्लो सूचीमा डिएसपी उत्तम पाण्डे उभिएका छन्। इन्सपेक्टरबाट प्रहरीमा जागिर सुरु गरेका पाण्डे प्रहरी संगठनमा भद्र प्रहरी अधिकारीमा रुपमा चिनिन्छन्। त्रिविको माष्टर डिग्रिमा गोल्ड मेडलिष्ट पाण्डेले गत

चेली बेच्नेसँग डीएसपीको हिमचिम

mumbai_thief                 काठमाडौं। लामो समयदेखि काठमाडौंमा बसेर गैरकानुनी रूपमा महिलाहरूलाई विदेश पठाउँदै आएकी झापाकी माया राई रंगेहात पक्राउ परे पनि प्रहरीले उन्मुक्ति दिने प्रयास गरेको छ। 
               मूलपानीको एक घरमा आधा दर्जन महिलासँगै भेटिएकी उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले जीउ मास्ने बेच्ने अभियोगअन्तर्गत मुद्दा चलाउनुपर्नेमा आर्थिक लेनदेनबाट प्रभावित भई प्रमाण नपुगेको भन्दै धरौटीमा रिहा गर्ने प्रयास गरेको पीडितले आरोप लगाएका छन्। राई र

Sunday, July 14, 2013

सर्त तेर्‍साए बार्तामा बस्दैनौँ : वैद्य

           ३० असार, काठमाण्डौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी बार्ताको लागि तयार रहेपनि संयन्त्र र सरकारले कुनै सर्त अगाडि सारे आफूहरु बार्तामा नबस्ने बताउनुभएको छ । वैद्यले वार्ताको माध्यमबाट निकास खोज्न आफ्नो पार्टीले बार्ता टोली गठन गरेपनि सरकार र चार दल ठोस रुपमा नआएको बताउनुभयो ।
        आइतबार राजधानीको संवाद डबलीमा युवा नेता तथा लेखक कर्णजित बुढा सुशील’ द्वारा लिखित ‘नाटक नै याथार्थमा बदलियो’ शिर्षकको कृति विमोचन कार्यक्रममा उहाँले भन्नुभयो,’हाम्रो पार्टीले वार्ता टोली गठन गरेर वार्ताको लागि तयार रहेपनि सरकार र सरकारपक्षीय पार्टी गम्भीर बनेका छैनन् ।बाहिर हल्ला गरेपनि ठोसरुपमा छलफलमा आउनुभएको छैन ।’ वैद्यले आफूहरुको लचकतालाई कमजोरीको

गीत गाउँदा नै किन यति मस्त रिहाना (फोटो फिचरसहित)

              विश्व चर्चित गायिका रिहाना स्टेज क्विन नै हुन् ।  स्टेजमा पुगेपछि उनले माहोललाई एकाएक तताउने काम गर्छिन् । हालै मात्र एक कार्यक्रममा रिहानको गीत गाउने शैलीले धेरैलाई आकषिर्त गर्यो । 
            शनिबार टी पार्कमा आयोजना गरिएको एक कार्यक्रममा रिहान बाघको चित्र कोरिएको पहिरनमा स्टेजमा पुगिन् 
           ।स्टेजमा पुगे लगतै रिहानाले माहोललाई मात्र तताउने काम गरिनन् आफू पनि खुबै मस्त

प्रचण्डको चमकमा महिलाको ग्रहण

prachanda              काठमाडौं। एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको आनीबानीबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला पछिल्लो समयमा उनको किचन क्याबिनेटमा पनि गम्भीर समीक्षा भएको स्रोतले जनाएको छ। प्रचण्डलाई रक्सी खाएर लुजटक गर्ने बानी भएको नेता भनेर यसअघि युद्धकालमै माओवादीले दस्तावेजीकरण गरेको थियो। 
               पछिल्लो किचन क्याबिनेटको बैठकमा भने पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डसंग तीनजना चल्ताफिर्ता महिलालाई अनावश्यक प्राथमिकता दिएर आफ्नै व्यक्तित्व हल्का बनाएको निष्कर्ष निकालिएको

उद्योगमा विदेश घुम्ने र खाने धन्दा

sankar koirala                 काठमाडौं। एउटै मन्त्रीले तीनवटा मन्त्रालय सम्हाल्दाको फाइदा मन्त्रालयका सचिवहरूलाई भएको छ। अहिलेका प्रायः सबै मन्त्रीले तीनवटा मन्त्रालय सम्हालेका छन्। खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारका केही मन्त्रीले बाहेक प्रायः सबै मन्त्रीले तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन्। 
             जीवनमा कल्पनै नगरेको मन्त्री पद पाएका पूर्वप्रशासकहरूमध्ये कतिपय त कामको दबाबले निकै तनावमा पर्दैआएका छन्। सानो सानो नियुक्तिमा पनि पार्टीका नेताहरूले थाम्नै नसक्ने हस्तक्षेप गर्दा उनीहरूलाई निकै सकस हुने गरेको छ। कामको चापले मन्त्रीले समय दिन नसकेपछि मन्त्रालयमा सचिवहरू नै हावी हुने गरेका छन्। अर्थमन्त्रालयमा बजेटको तयारी