नुवाकोटको सुन्दरादेवीका माओवादी पार्टी गाउँ सचिव विविलाल तामाङले २०६९
भदौ ५ गते उर्लेनीकी १९ बर्षिय एक युवतीलाई भारतमा बिक्रि गरेको आरोपमा
प्रहरीले पक्राउ गरेको हो। भारतमा
बेचिएकी किशोरीको बावुले दिएको किटानी जाहेरीको आधारमा जिल्ला
प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेकेा थियो। यस्तै घटनाका अर्का आरोपी
फरार रहेको प्रहरीले बताएको छ। आफ्ना कार्यकर्तालाई अनाहकमा फसाएको भन्दै एमाओवादी पूर्व सभासद बिमला
सुवेदीको नेतृत्वमा नुवाकोट सदरमुकाम विदुरमा २ घन्टा चक्का जाम गरेको हो।
नेकपा एमाओवादी नुवाकोटका जिल्ला संयोजक समेत रहेकी बिमला सुबेदीले निर्दोश
आफ्ना कार्यकर्तालाई बिना सर्त रिह ागर्न प्रशासनसमक्ष माग गरेकी छन्।
No comments:
Post a Comment