Wednesday, July 24, 2013

सलमान अदालतमा, हुनसक्छ १० बर्ष जेल सजाँय

                बलिउड नायक सलमान खानको विरुद्धमा लामो समयदेखि चल्दै आएको ‘हिट एन्ड रन केश’को फैसला वुधबार हुन सक्ने छ । 
            मुम्बई अदालतले सलमानलाई जुलाई २४ अर्थात वुधबार जसरी पनि उपस्थित हुन आदेश दिएको थियो । यसैले सलमान बिहान ११ बजे घरबाट निस्किएका पनि थिए । तर न्यायधिसको सरुवा भएकाले उनको फैसला केही समय पर सरेको बताइएको छ ।सलमानलाई मदिरा पिएर गाडी चलाई १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको आरोपमा सलमान मुद्दा खेपिरहेका छन् । सलमानको विरुद्धमा आइपीसी को धारा ३०४-२), ३७९, ३३७, ३३८, ४२७ र १३४-ए) र मोटर ऐन अधिनियमको धारा ६६-बी)
लागेको छ । यसकारण सलमानलाई १० बर्ष सम्म जेल सजाँय हुनसक्ने सम्भावना बढ्दै गएको छ । सलमानले ३०४-२) धारा नलगाउन गरेको आग्रहलाई अदातले अस्विकार गरेपछि उनी अप्ठ्यारोमा परेका हुन् ।
कोर्टमा सलमानसँग उनको २ बहिनीहरु पनि सँगै रहेको बताइएको छ । एक दशक भन्दा बढि समयदेखि यो मुद्दामा फसेकाले पनि सलमानले जीवनमा कुनै निर्णय गर्न सकेका छैनन् । यसैले पनि उनले आजसम्म बिहे नगरेको बताइन्छ ।

No comments:

Post a Comment