Saturday, July 6, 2013

कस्तो बनाउलान् प्रचण्डले संगठनात्मक सिद्धान्त ?

टाउको दुखेको दबाइ नाइटोमा नदलियोस् 

            २२ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आगामी साउन ४ गतेको विस्तारित बैठकमा पेश गर्नका लागि ‘नयाँ संगठनात्मक सिद्धान्त’ बनाउन लागेको दाबी एमाओवादी नेताले गरेका छन् । नियमित पत्रकार सम्मेलनमा शनिबार पार्टी प्रवक्ता अग्नि सापकोटाले ‘थ्री इन वान’ को साटो ‘फोर इन वान’ को प्रणाली ल्याउन लागिएको बताउनुभएको छ । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले शायद सही विश्लेषण गर्नुभएको छ । उपाध्यक्ष श्रेष्ठले साउन ४ को
विस्तारित बैठकले संगठनको तत्कालीन विवाद हल गरे पनि नयाँ संगठनात्मक सिद्धान्त प्रतिपादन गर्न नसक्ने बताउनुभएको छ । नयाँ संगठनात्मक सिद्धान्तको विकासका लागि निकै लामो छलफल र बहस आवश्यक पर्ने र चुनावपछि राष्ट्रिय सम्मेलनमार्फत् त्यसलाई हल गर्न सकिने श्रेष्ठको बुझाइ छ ।

No comments:

Post a Comment