Sunday, July 7, 2013

विकल्प खोजे चार वर्षसम्म यही सरकारः कांग्रेस महामन्त्री


'निर्वाचनको मिति, सरकार र निर्वाचन प्रणालीमा सम्झौता हुन्न'

krishna sitaula                  २३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले विकल्प खोजिए अझै चार वर्षसम्म यही सरकार रहने दावी गर्नु भएको छ ।
           ‘यो सरकार चुनावका लागि आएको हो । त्यसैले यसको विकल्प हामि सोच्न सक्दैनौं’ रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा सिटौलाले भन्नुभयो-’सरकार फेर्न खोजे अझै चार वर्षसम्म यहि सरकार रहन्छ, नयाँ बन्न सक्दैन । हाम्रो हिजोको कामबाट यो कुरा प्रमाणित भईसकेको
छ ।’
                   मंसिर ४ को निर्वाचन, निर्वाचनका लागि बनेको सरकार र मिश्रित निर्वाचन प्रणाली बाहेक सबै विषयमा सम्झौता गर्न सकिने भन्दै उहाँले नेकपा-माओवादीले अघि सारेको गोलमेच सम्मेलनका लागि समेत तयार रहेको स्पष्ट पारे । ‘तीन कुरामा छलफल गरे निर्वाचन हुनै सक्दैन । त्यसैले त्यो बाहेक सबै विषयमा छलफल गर्न सकिन्छ’उहाँले भन्नुभयो-’अहिलेको मुल विषय निर्वाचन भएकोले त्यसलाई नसार्ने गरी सबै विषयमा असन्तुष्टहरुसँग छलफल गर्न तयार छौं । मंसिर ४ को निर्वाचन सार्ने कल्पना समेत गर्न हामि सक्दैनौं ।’
                गोलमेच सम्मेलन गर्ने, उच्चस्तरीय राजनीति समिति र मन्त्रिपरिषद विस्तार गर्ने लगायतका मागमा छलफल गर्न तयार रहेको उहाँको भनाई छ । सिटौलाले भन्नुभयो-’निर्वाचन जनताको अधिकारको लागि हो । नेकपा-माओवादी जनतालाई अधिकार सम्पन्न बनाउन चाहँदैन भन्ने मलाई लाग्दैन । निर्वाचन दल र नेताहरुको भन्दा पनि राष्ट्रको स्वार्थ भएकोले यसलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको दायित्व हो ।’
                      मोहन बैद्य किरण पनि १२ बुँदे र बृहद शान्ति सम्झौताका साक्षी भएको भन्दै कांग्रेस महामन्त्री सिटौलाले त्यसलाई निष्कर्षमा पुर्‍याउन संविधानसभामार्फत संविधान लेख्ने कार्यको कसैले विरोध गर्न नहुने बताउनु भयो ।

No comments:

Post a Comment