Tuesday, July 2, 2013

सहारा न्युजद्वारा प्रजिअ केसीलाई बिदाई

बिजी न्युज संवाददाता कुश्मा, पर्वत
                 
१८ असार, पर्वत  सहारा न्युज राष्ट्रिय दैनिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रमको अवसरमा पर्वत जिल्लामा विगत १४ महिना देखी प्रमुख जिल्लाको अधिकारीको जिम्मेवार सम्हाल्नुभएका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई विदाई कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा सहारा न्युज राष्ट्रिय दैनिक पत्रिकाको आयोजनामा पर्वत जिल्लाबाट पर्सा जिल्लामा सरुवा भै जान लाग्नुभएका
प्रजिअ केसीलाई खादा, अविर तथा मायाको चिनो प्रदान गरिएको थियो ।
                         निकै भावनात्मक रुपमा विदाई गर्दै दैनिकका अध्यक्ष गणेश बहादुर कुवँरले प्रजिअ केसीलाई मायाको चिनो चरेसको करुवा प्रदान गर्नुभएको थियोे । प्रजिअ केसीले पर्वत जिल्लामा रहँदा आफ्ना कार्यकालमा नागरीकता वितरणमा गाउँगाउँमा पुगेर स्थानीयलाई सहज बनाउनुका साथै, फोटोसहितको मतदादा नमावली संकलन, जिल्लाको सरसफाईको क्षेत्रमा भरपुर सहयोग, विवादीत विषयमा कुनै पुर्वाग्रह नराखी सबै दल, सरोकारवालाहरुसँग समन्वय गरेर आफ्नो जिम्मेवारीलाई निकै आत्मसात गर्ने ब्यक्तित्वको रुपमा प्रशासीक कामहरु गर्दै आउनुभएको बताइएको छ ।

No comments:

Post a Comment