चारदिने केन्द्रीय समिति बैठक सकियो
‘हामीले
आगामी निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छौं’ मंगलबार बैठक सकिएको
जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘आगामी
निर्वाचन पार्टीको सम्पूर्ण शक्ति लगाएर सक्रियरुपमा
बहिस्कार हुन्छ ।’
बहिस्कार हुन्छ ।’
संविधानसभाको चुनाव उपयोग गर्न सक्ने कुनै
‘कन्डिसन’ छ कि छैन भन्ने अनलाइनखबरको जिज्ञासामा भुसालले भन्नुभयो-’
यथास्थितिमा हामी चुनावमा जान्नौं भन्दै आएका हौं । तर, अब बैठकले नै
निर्णय गरिसकेपछि हामीले सक्रियारुपमा निर्वाचन बहिस्कार गछौर्ं ।’ यद्यपि
पार्टीले वार्ताको ढोका भने बन्द नगर्ने उहाँले बताउनुभयो ।
बैठकका निर्णयबारे राजधानीमा पत्रकार
सम्मेलन गरेर सबैलाई जानकारी गराइने प्रवक्ता भुसालले बताउनुभयो । २५ बुँदे
बाधा अड्काऊ नसच्याएसम्म वार्तामा नबस्ने र निर्वाचन बहिस्कारमा सम्पूर्ण
शक्ति परिचालन गर्ने माओवादी केन्द्रीय समितिको निर्णय छ । चार दिनसम्म
चलेको बैठकमा १ सय १६ भन्दा बढी केन्द्रीय सदस्य एवं सल्लाहकारहरुको
सहभागिता थियो ।
No comments:
Post a Comment