सहारा न्युज दैनिकको प्रथम वार्षिकोत्सव भब्य रुपमा सम्पन्न
सुचना संचारमा सहारा न्युजको आधार बलियो हुँदै
बिजी न्युज संवाददाता कुश्मा, पर्वत
१८ असार, पर्वत पत्रकारीताको विकास तिब्र रुपले अगाडि बढिरहेको सन्दर्भमा मोफसलको संचारमा एक वर्ष देखी निरन्तर प्रकाशीत हुँदै आएको सहारा न्युज राष्ट्रिय दैनिक पत्रिकाको प्रथम वार्षिक उत्सव जेसिज सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ । गत वर्ष असार १८ गते सोमवार देखी पर्वत जिल्लाको संचारको इतिहासमा सत्य तथ्य र विश्वसनीय समाचारको संवाहकका रुपमा सहारा न्युज राष्ट्रिय दैनिकले आफ्नो शुभारम्म यात्रा शुरु गरेको थियो । यस दैनिकले औपचारीक रुपमा जिल्लामा निरन्तर प्रकाशनमा आएपछि विभिन्न आरोह अवरोह पार गर्दै पहिलो वर्ष देखी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक भब्य समारोहका साथ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका सरकारी निकाय, राजनितिक दल, संघसंस्थाका, संचारकर्मी लगायतका प्रमुख एंव प्रतिनिधिहरुको ब्यापक सहभागितामा शुभकामना आदान प्रदानका साथ वार्षिकोत्सव सम्पन्न भएको
हो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जिल्लामा अहिले सम्मको संचारको स्थीतीमा सहारा न्युज राष्ट्रिय दैनिक पत्रिकाले प्रचारप्रसारमा पु¥याउँदै आएको योगदान र यसको आधार बलियो हुँदै गएको भन्दै अझै सुधार गर्दै अगाडि बढ्नुपर्नेमा शुभेच्छा प्रकट गरेका थिए । वार्षिक उत्सवको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले मैनवत्तिवालेर उद्घाटन गर्नु भएको थियो भने वार्षिक उत्सवमा केक काटेर स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्सालले शुभकामना आदानप्रदानको शुभारम्भ गर्नुभएको थियो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केसीले सत्य तथ्य र विश्वसनीय रुपमा पत्रिकाले लिएको उदेश्यलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयोे । जिल्लाका कुनामा कुनामा पिछडीएर रहेका उत्पीडीतहरुको आवजहरुलाई मुखरीत गराई सरकारी निकायकोे ध्यानाकर्षण गराउनुपर्ने उहाँले बताउनुभयो । उहाँले पक्रिकाको प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यसैगरी स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्सालले यथार्त रुपमा सुचना संप्रेशण गर्न संचारकर्मीहरुले निकै ध्यानपुर्वक सोचेर समचार लेखनमा लाग्न सकेसमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले सहज र सरल ढगंले तदारुकताका साथ पत्रिका प्रकासन गर्दै आएकोमा अझै प्रगतिको लागि शुभकामना ब्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्ण प्रसाद लम्साल, एनेकपा माओवादीका तमुवान राज्य समिति सदस्य ढाकाराम गौतम सन्देश, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी डिल्ली लामिछाने, नेकपा–माओवादीका जिल्ला सेक्रेटरी जयनारायण तिवारी, नेकपा एकिकृतका जिल्ला सचिव तेजेन्द्र पौडेल, राप्रपा नेपालका जिल्ला सचिव इश्वर गिरी, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष अमबहादुर रोका, लगायतका जिल्लाका सम्पुर्ण संचारकर्मी, संघसंस्थाका प्रतिनिधी, उद्योगी, वुद्धिजिवी लगायतका ब्यक्तित्वहरुले सहारा न्युज राष्ट्रिय दैनिकको सफलताको शुभकामना ब्यक्त गरेका थिए । सहारा न्युज राष्ट्रिय दैनिक पत्रिकाका अध्यक्ष अधिवक्ता गणेश बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा स्वागत प्रधान सम्पादक भुमिराज शर्माले र संचालन सम्पादक प्रनिश गिरीले गर्नु भएको थियो । पर्वत जेसिजले सभाहल उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै पत्रिकाका सम्पुर्ण शुभचिन्तक, विज्ञापनदाता, ग्राहवर्ग, लगायतका सम्पुर्ण महानुभावहरुलाई वार्षिक उत्सवको उपलक्ष्यमा हार्दिक आभार प्रकट गरिएको थियो ।
No comments:
Post a Comment