ishwor-pokhrel                     काठमाडौं। आकार, संगठन र नेतृत्वको विषयलाई लिएर आन्तरिक झगडामा व्यस्त हुने नेपाली कम्युनिस्ट पार्टीहरू यतिबेला संकटमा पर्दै गएका छन्। विशेषतः दुई ठूला नेपाली कम्युनिस्ट पार्टीको आन्तरिक विवाद अहिले भुसको आगो जस्तै सल्कादै गएको छ। 
                    एमाओवादीमात्रै होइन एमाले पनि विवादहरूको घेराबन्दीमा परेपछि यो पार्टी अहिले चुनावी अभियान छाडेर विवाद मिलाउनमै व्यस्त भएको छ। किनभने एमालेमा यतिबेला नेतृत्वदेखि सिद्धान्त अनि पदसम्मको विवाद एकैपटक देखा परेको छ।
पदीय भागबन्डामा विवाद भएपछि त्यसलाई साम्य पार्न एमालेले पदसंख्या बढाउने गृहकार्य गरेको छ अर्कोतिर केही युवा नेताहरूले मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तमा
समेत विवाद झिकेपछि एमालेको राजनीतिक दिशा नै अन्योलमा परेको छ। अर्कोतर्फ महासचिव ईश्वर पोखरेलको नेतृत्वमा केही युवा नेताहरूले नै वर्तमान शीर्ष नेताहरू पार्टीलाई सञ्चालन गर्न असक्षम भएको भन्दै नेतृत्व परिवर्तनको अभियानसमेत यतिबेलै थालेका छन्। शीर्ष नेताहरूले भने यी सबै विवाद टुंगो लगाउन भन्दै केन्द्रीय पदाधिकारीको संख्या थप गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ।
              आगामी राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा प्रस्ताव लैजाने र महाधिवेशनबाट पारित गर्ने गरी एमालेले विधान संशोधनको काम थालेको स्रोतले बतायो। प्रारम्भिक गृहकार्यअनुसार पदाधिकारीको प्रस्तावित संख्या १२ जना पुर्‍याइनेछ, जसमा पाँच उपाध्यक्ष, पाँच सचिव, एक महासचिव र एक कोषाध्यक्ष हुनेछन्। पाँच उपाध्यक्षमध्येबाट एकजनालाई वरिष्ठ उपाध्यक्ष बनाइने प्रस्ताव गरिएको छ। यसअघि विधानमा ३ उपाध्यक्ष, ३
सचिव रहने व्यवस्था थियो। केन्द्रीय सदस्यको संख्या भने बढाउने, नबढाउने विषयमा शीर्ष नेताहरूबीचमा नै मतैक्यता हुन सकेको छैन।
               उता अबको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा एमालेका केही युवा नेताहरूले महासचिव ईश्वर पोखरेलको डिजाइनअनुसार नेतृत्व परिवर्तनको प्रस्तावसमेत लाने तयारी गरेको छ। एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक भदौको १५ सम्ममा गर्ने तयारी छ। राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक एमालेको महाधिवेशन पछिको शक्तिशाली वैधानिक निकाय हो। राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, नेताहरू अमृत बोहोरा र भरतमोहन अधिकारीलाई नेतृत्वबाट पाखा लगाउादै नेतृत्वमा युवा नेताहरूलाई जिम्मेवारी दिने प्रस्ताव अगाडि सार्ने तयारी भइरहेको छ। यो अभियानमा खनाल, नेपाल र ओली निकटका युवा नेताहरू सक्रिय भएर लागेको बताइएको छ। यी युवा नेताहरूको अभियानमा महासचिव पोखरेलले अदृश्य ढंगले सहयोग गरेको एक युवा नेताले बताएका छन्। उनका अनुसार अध्यक्ष खनाललगायतका सातजना नेताहरूको पार्टीलाई निर्देशन गर्नका लागि एउटा बोर्ड बनाउने र नेतृत्व युवा पुस्तामा लैजाने तयारी भइरहेको छ। ती युवा नेताका अनुसार यो अभियान सफल भएमा महासचिव पोखरेल अध्यक्ष बन्ने सम्भावना हुन्छ। स्रोतका अनुसार राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा यो प्रस्ताव पुगेमा दुई तिहाइ बहुमतले पास हुनेछ।
                 अर्कोतर्फ एमालेभित्र जनताको बहुदलीय जनवादका विषयमा समेत एमालेमा तीव्र मतान्तर सिर्जना भएको छ। एक साता अगाडि घनश्याम भुसाललगायतका युवा नेताहरू पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई समयानुसार परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि सिद्धान्तका बारेमा समेत विवाद सिर्जना भएको हो। जनताको बहुदलीय जनवादका विषयमा भुसाललगायतका नेताहरूले बोल्ने र सुनिनेमात्र भयो भन्दै देखिने बनाउन प्रस्ताव गरे पछि विवाद सिर्जना भएको हो। जनताको बहुदलीय जनवादको विषयमा अहिले सामाजिक सञ्जालमा समेत जिम्मेवार नेताहरू टिप्पणी गर्न थालेका छन्।
              भुसाललगायत झन्डै दर्जन केन्द्रीय सदस्यले जनताको बहुदलीय जनवाद आफ्नो धारणा अघि सारेका छन्। उनीहरूले  आसन्न राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक र यसै वर्ष हुने महाधिवेशनलाई लक्षित गर्दै सैद्धान्तिक बहस थालेको दाबी गरेको छ। तर उनीहरूले थालेको बहसलाई पार्टी नेतृत्वले भने एउटा महाधिवेशनपछि अर्को महाधिवेशनसम्म सबै सदस्यले पार्टीका नीति, सिद्धान्त र कार्यक्रम आगाल्नुपर्ने भन्दै संविधानसभा निर्वाचनमा केन्द्रित हुने बेलामा विवाद झिकेको छ। मदन भण्डारीले एमालेको पााचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादलाई अघि सारेका थिए। यो सागै एमालेले जनताको बहुदलीय जनवादलाई पार्टीको मार्ग निर्देशक सिद्धान्तका रूपमा आगाल्दै आएको छ।