काठमाण्डौका अधिकांश हलमा सिनेमाले हाउसफुलको ओपनिङ गरेको निर्माता
दिनेश थापाले दाबी गरे ।यादव
सिलवालको निर्देशनमा तयार भएको यो सिनेमामा जीया केसी, सोनिया शर्मा,
सविना कार्की, दिनेश थापा लगायतका कलाकारको अभिनय छ । प्रदर्शन अगावै
अश्लिलताको पगरी गुँथेको यो सिनेमालाई सेन्सर बोर्डले प्रदर्शनमै रोक
लगाएको थियो । तर निर्माताले पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका थिए
। अदालतले सिनेमा चलाउन दिनु भनेपछि ‘एटीएम’ले सोलो प्रदर्शनको अवसर पाएको
हो ।
चलचित्रले काठमाण्डौको गुण, गोपी, कलंकी,
अष्टनारायण, बाराही, पुष्पाञ्जली लगायतका हलमा हाउफुल सुरुवात गरेको
निर्माता थापाको भनाई छ । यस्तै मोफसलमा पनि एटीएमको व्यापार राम्रो रहेको
बताइएको छ । अत्याधिक चर्चा पाएकाले पनि एटीएमले इनिशियल व्यापार गरेको
देखिन्छ । सिनेमाको व्यापारको वास्तविक आँकडा आइतबार पछि स्पष्ट देखिनेछ ।
No comments:
Post a Comment