काठमाडौं, साउन १–आज साउन १, अर्थात् साउने संक्रान्ति । आज साँझ बलेको
अगुल्टोलाई धुरी कटाएर लुतो फाल्ने चलन छ ।
तर, पछिल्लो समय लुतो फाल्ने
परम्परा विस्तारै हराउँदै गएको छ । ग्रामिण क्षेत्रमा लुतो फाल्ने गरेको
पाइएपनि शहरी क्षेत्रमा भने यो परम्परा लोप बन्दै गएको
हो ।
परम्परामा आकर्षण घट्दो, धना बस्तीका कारणले असुरक्षा, लुतो फाल्न आवश्यक
सामग्रीको अभावलगायतका कारणले शहरी क्षेत्रमा यो चलन हराउँदै गएको कतिपयको
बुझाई छ ।
हिलोको कारण लाग्न सक्ने रोगबाट जोगिन
जंगलमा पाईने उनिउ, धसिंगरे, पानिसरो, देविसरो, कुरिलो, भलायो र
कुकुरदाहिनोलगायतका जडीबुटिहरु आगोमा बालेर ताप्ने र लुतो फाल्ने प्रचलन छ ।
No comments:
Post a Comment