Sunday, July 21, 2013

पत्रकार महासंघको भवनमा दिउँसै रासलिला !

vabaan           भरत खड्का, उदयपुर, २०७० साउन । नेपाल पत्रकार महासंघ उदयपुरको निर्माणाधीन भवन वेवारिसे बनेपछि यतिबेला युवायुवतीको यौन क्रीडा स्थल बनेको छ ।
              पाँच बर्षअघि जिबिस, नगरपालिका र संचार मन्त्रालयको करिब २० लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य सुरु गरिएपनि त्यसलाई सम्पन्न गर्न सरोकारवालाहरुले चासो नदिँदा भवन वेवारिसे बनेर यौन क्रीडास्थलमा परिणत भएको हो ।
     भवन नजिकै घर भएका स्थानीय महेश पौडेलले महासंघ भवनमा दिउँसै युवायुवतीले
अनैतिक काम गर्ने गरेको बताए । दिउँसो भन्दा अझ बढि रातको समयमा युवायुवतीको क्रीडास्थल बनेकाले छरछिमेकमा परिवारसँग बस्दा लाजमर्दो भएको उनले टिप्पणी गरे । एक दुई पटक अतिनै भएपछि प्रहरीलाई समेत खवर गरेको उनले बताए ।
               प्रहरीले समेत भवन स्थलबाट एक दुई पटक युवायुवतीको जोडीलाई पक्राउ गरिसकेको छ । जिल्ला बिकास समितिभन्दा झण्डै दुईसय मिटर तल रहेको भवन एकान्त स्थलमा पर्दछ । भवन भित्र दैनिकजसो कण्डम भेटिने गरेको पौडेलले बताए ।

No comments:

Post a Comment