Monday, July 22, 2013

राजघाटलाई चिनाउदै डम्बरदेखि श्रृजनासम्म

                      मोरङको राजघाट कलाकारहरुको उर्वर भुमिको रुपमा परिचित बन्दै गएको छ । गायक डम्बर नेपाली, चीत्र राई, गायिका योजना पुरी, तारा लिम्बु, मनु लिम्बु, नायिका सिर्जना सुब्बा, नायक श्री धिमाल र मोडल भानु धमलाले आ-आफ्नो क्षेत्रबाट राजघाटको नामलाई परिचित गराएका छन् । 
                  ‘मेलोडी’, ‘मलाई’ र ‘मात्र’ जस्ता गीति एल्बम श्रोेतासामु पस्किसकेका चर्चित गायक डम्बर नेपालीे आफ्नो ठाँउको नाम चिनाउन पाएकोमा गर्व गर्छन् । गायक नेपाली भन्छन्- ‘आफुले संघर्ष गरेको आफ्नो जन्मभूमिलाई चिनाउन पाउनुमा गर्व लाग्छ ।’
                          अरुले अन्य विधाबाट चिनाउँदै आउनु भएको छ, गायक नेपाली भन्छन्- ‘मैले पनि मेरो रोजाईको क्षेत्रबाट चिनाएको छु ।’ ‘मेरो जीवनबाट जाने भए जाउ, तर अन्तिम पल्ट भेट्न आउ’ बोलको गीतबाट ख्याति कमाएका डम्बर नेपाली नाम र दाम सँगै आफ्नो ठाउँलाई अझै लोकप्रिय बनाउन लागिपर्ने बताउँछन् । छिन्नलता पुरस्कारबाट सम्मानित भइसकेका डम्बर आफ्नो ठाँउको नाम राख्नको लागि गीत नै गाउनु पर्छ भन्ने धारणा आफुमा नरहेको बताउछन् ।
यस्तै गायिका एवं रेडियो कार्यक्रम संचालिका योजना पुरी आफ्नो ठाउँबाट प्रतिनिधित्व गरेर चिनाउन पाउदाँ 
                    खुसी लागेको बताउछिन् । गायिका योजना भन्छिन्-’हामीसँगै हाम्रो ठाँउको नाम पनि जोडिएको छ, आफ्नो ठाँउ चिनिनु भनेको नै हामी चिनिनु हो ।’ योजनासँगै सामुहिक एल्बम निकालेकी गायिका तारा लिम्बु पनि सांगीतिक क्षेत्रमा संघर्ष गर्न गाह्रो रहेको बताउछिन् । गायिका तारा भन्छिन्-’हामीहरुले यस ठाँउलाई उचाईमा पुर्‍याउन संघर्ष गरेका छौ, स्थानीय स्तरबाट सहयोगको अपेक्षा उत्तिकै खाचो छ ।’
                   यस्तै गायक डम्बर नेपालीको ‘टाढा नलैजाउ’ गीतको म्यूजिक भिडियोबाट मोडलिङमा डेब्यु गरेका भानुले दुई म्युजिक भिडियोमा खेलिसकेका छन् भने आधा दर्जन टेलिसिरियलमा पनि काम गरिसकेका छन् । यस्तै नायिका सिर्जना सुब्बाले चर्चित चलचित्र ‘लुट’ मा अभिनय गरेकी छिन् । बिभिन्न नाटकहरुमा अभिनय गरेर पनि उनी चर्चित छिन् । गायिका मनु लिम्बुले पहिलो गीति एल्बम ‘मन्द मन्द’ ल्याएर लोकपि्रय बन्दै गएकी छिन् । गायक चीत्र राईले ‘दुई मुटु’ गीति एल्बम ल्याएका छन् । नायक श्री धिमालले धिमाल भाषाको आधा दर्जन फिल्ममा नायक रुपमा देखापरिसकेका छन् ।

No comments:

Post a Comment