Saturday, July 27, 2013

स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक

tribhuvan university                 काठमाडौं, साउन १२–त्रिभुवन विश्व विद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले संचालन गर्ने यस वर्षको स्नातक तह प्रथम वर्षको परीक्षा तालिका शनिबार सार्वजनिक भएको छ ।
                      परीक्षामा नियमित तथा प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने मानविकी, व्यवस्थापन, विज्ञान, कानुन र शिक्षाशास्त्र संकायका २०६३ देखि २०६९ सम्मका आंशिक, २०७० का पूरा र पहिलो वर्ष पहिलो पटक २०५४ मा परीक्षा दिएका र सो पछि ७ वर्षे अवधी नाघेका मौका परीक्षा दिने विद्यार्थीहरु समेत सहभागि हुन पाउने कार्यालयले सुचनामार्फत जनाएको छ ।
                परीक्षा आगामी भदौ १७ गतेदेखि असोज १७ गतेसम्म संचालन हुने छ । परीक्षा दिउसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म
संचालन हुने छ ।

No comments:

Post a Comment