किनकी अनामिका र बासु पुडासैनीले
अभिनय गरेको चलचित्र ‘प्राण भन्दा प्यारो’लाई चलचित्र सेन्सर बोर्डले एडल्ट
सर्टिफिकेट दिएको छ ।चलचित्रमा
समावेश एक बलात्कारको दृश्यका कारण सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको
निर्देशक कमलकृष्णले बताएका छन् । नारी बलात्कृत भएपछि उसले आत्महत्या
होइन बदला लिनुपर्छ भन्ने कथालाई सिनेमाले उठान गर्न खोजेको छ । चलचित्रमा
नेपालसँगै मलेसियाका
केही कलाकारको पनि अभिनय गरेका छन् । राजेश
शाहको सम्पादन, मुकेश हुँमागाइको छायांकन, चन्द्र पन्तको द्वन्द्व, गणेश
बगालेको गीत रहेको यो चलचित्र असोज ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
No comments:
Post a Comment