काठमाडौं।
सशस्त्र महानिरीक्षक कोषराज वन्त र तत्कालीन डीआईजी (हाल एआईजी)
सुशीलकुमार श्रेष्ठबीचको सम्बन्ध देखेर सशस्त्रका धेरै अधिकारीहरू अचम्ममा
पर्ने गर्दथे। श्रेष्ठलाई एआईजीमा बढुवा गर्न आईजीपी वन्त नै दौडिएका थिए।
अन्ततः एआईजीको नया147 दरबन्दी नै बनाएर श्रेष्ठको बढुवा गरियो।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमती रमासहितको खाता रोक्का गरी अनुसन्धान थालेपछि आईजीपी वन्त संकटमा परेका
छन्, उनले यसअघि आर्थिक
लगानी गरी कर्मचारीमार्फत मुद्दा तामेलीमा राख्न लगाएका थिए। वन्तले आफ्ना
अधिकांश सम्पत्ति परिवार र अन्य सदस्यको नाममा राखेको बताइन्छ। यस्तो बेला
एआईजी श्रेष्ठले आफूलाई सहयोग गर्लान् भन्ने अपेक्षा वन्तको थियो। तर,
ठीकविपरीत वन्तलाई जसरी पनि निलम्बन गर्ने अभियानमा एआईजी श्रेष्ठ नै
लागेका छन्। त्यति मात्र नभई सशस्त्रको कार्यवाहक आईजीपी आफू हुनुपर्छ
भन्दै उनी एमाओवादी नेताहरूको दैलो धाउन थालेका छन्। एआईजी श्रेष्ठ सशस्त्रका सबैभन्दा जुनियर एआईजी हुन्। उनको बढुवा भएको ६
महिना पनि भएको छैन। तत्कालीन अर्थमन्त्री वर्षमान पुनलाई ५० लाख रुपैया147
बुझाएर एआईजीमा बढुवा भएका श्रेष्ठ आफू जसरी पनि सशस्त्रको आईजीपी हुने
भन्दै व्यापारीहरूस147ग पैसा उठाउँदै हिँडेको स्रोत बताउँछ।अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमती रमासहितको खाता रोक्का गरी अनुसन्धान थालेपछि आईजीपी वन्त संकटमा परेका
स्रोतका अनुसार एआईजी श्रेष्ठले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की निकटका व्यक्तिलाई दैनिक भेटी वन्तलाई जसरी पनि निलम्बन गराउन लबिङ गरिरहेका छन्। हास्यास्पद के छ भने उनै श्रेष्ठविरुद्धसमेत अख्तियारले एक वर्षदेखि छानबिन गरिरहेको छ। तर, आर्थिक चलखेलमा उनले अनुसन्धान प्रभावित बनाउँदै आएका छन्। पथलैयामा कार्यरत रहँदा करोडौं कमाएको तथा बानेश्वरस्थित थ्री ब्रदर्स पेट्रोलपम्पमा ससुरालीको नाममा लगानी गरेकोलगायतका उनीविरुद्धको उजुरी अख्तियारमा छ। त्यसो त एआईजी श्रेष्ठविरुद्ध उनकै श्रीमती अञ्चली प्रधान श्रेष्ठले पनि सशस्त्र मुख्यालयमा उजुरी हालेकी थिइन्। भावना राई, अम्बिका शर्मालगायतस147ग बहुविवाह गरेको उजुरी अञ्जलीले नै सशस्त्र मुख्यालयमा हाले पनि उनीविरुद्ध कारबाही हुनसकेको छैन।
तीन वर्षका लागि आईजीपी भएका सशस्त्र महानिरीक्षक वन्त पछिल्लो समयमा संगठनकै सबैभन्दा विश्वासिला व्यक्तिबाटै संकटमा परेको सशस्त्र स्रोत बताउँछ। वन्तले पनि अख्तियारले तर्साएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटिसकेका छन्। दुवै नेताले निलम्बन हुनबाट रोक्ने आश्वासन दिएको र पावर ब्रोकरहरू परिचालन गरेको स्रोत बताउँछ। हेर्नु छ, अख्तियार वन्तको रकमबाट प्रभावित हुन्छ कि हुन्न।
No comments:
Post a Comment