Wednesday, August 14, 2013

एनएफडीसी अवार्ड’ लगतै सिने नगरीका खेलाडी पौडेलको राजीनामा

                      गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक उद्धब पौडेलले आफ्नो व्यवसायिक जीवनबाट राजीनामा दिएको बताएका छन् । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले आफ्नो चलचित्र व्यवसायिक जीवनलाई विश्राम लगाउदै समाजसेवालाई अंगाल्ने बताएका हुन् ।नेपाली सिनेमाको निर्माण, प्रदर्शन, हलसंचालनका साथै विदेशी सिनेमाको वितरण र प्रदर्शनमा समेत उद्धव सक्रिय थिए । तर उनले ४० बर्ष लामो आफ्नो व्यवसायिक यात्रालाई एकाएक विश्राम लगाउने निर्णय गरेपछि यसले सिने नगरीमा विभिन्न खालका चर्चा र बहस सिर्जना गरेको छ । विज्ञप्तीमा उद्धबले
नेपाल चलचित्र विकास कम्पनी लिमिटेड, गोपीकृष्ण मुभिज प्राली र गोपीकृष्ण इन्टरटेन्मेन्ट प्रालीको अध्यक्षको पदबाट राजिनामा दिएको बताएका छन् । उनले सम्पुर्ण जिम्मेबारी निकिता पौडेलले सम्हाल्ने जनाएका छन् । समाजसेवामा समय खर्च गर्न चाहने बताउदै उनले राजिनामा दिएपछि यसले एक प्रकारको बहस सिर्जना गरिदिएको छ ।
                    लामो समयदेखि हिन्दी चलचित्रको वितरण तथा प्रदर्शन गर्दै आएका उद्धबले यो बर्षबाट नयाँ प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नु परेको छ । चलचित्र ‘चेन्नाई एक्सप्रेस’को वितरण अर्कै कम्पनीले लिएपछि उद्धवले हिन्दी सिनेमाको वितरण र प्रदर्शनमा यति ठूलो प्रतिस्पर्धा पहिलो पटक भोगेका हुन् । हालै मात्र एनएफडीसी अवार्ड सम्पन्न गरेका उद्धबले त्यसलगतै वितरणमा प्रतिस्पर्धी पाएका थिए । यसबाट पनि उनी असन्तुष्ट थिए । तर सिने नगरीको अप्ठ्यारो मोडमा आएर एक चतुर खेलाडीले दिएको व्यवसायिक राजीनामालाई अर्थपुर्ण तबरले हेर्न सकिन्छ ।

No comments:

Post a Comment