Wednesday, March 19, 2014

अब भित्तामा हैन, हिरोइनको तिघ्रामा फिल्मको प्रचार

                    तिघ्रामा झट्ट धेरैको आँखा जान्छ, सायद यस्तै सोचाई हुनसक्छ नायिका जेनिशा केसीको । यसैले त उनले आफ्नो तिघ्रामा चलचित्र ‘आधी बाटो’को नाम लेखेर प्रचारमा लागिन् । एक कार्यक्रममा जेनिशाको यस्तै क्रियाकलाप देखिदै गर्दा धेरैले कानेखुशी गरे । तर पनि जेनिशा ‘आधी बाटो’लाई जसरी पनि दर्शकको नजरमा पार्न चाहन्थिन् । 
                  निर्माता रमेश त्वयनाको नजिक भएपछि चलचित्रमा उनको हालीमुहाली नै चलेको छ । अर्की नायिका अनु शाह सिनेमाको नाम पनि लिन चाहन्नन् । यसैले त जेनिशाका लागि ‘आधी बाटो’मा जे गरेपनि हुने भएको छ । अर्की नायिका प्रचारबाटै टाढा भएपछि जेनिशाका लागि यो सिनेमा चर्चा पाउने सस्तो माध्यम बनेको छ । 
                     राजधानी भित्रने राजमार्गहरुमा सिनेमाको नाम लेखेर निर्माता निर्देशकहरु प्रचार शैली अपनाइरहेका छन् । तर नायिका केसी पनि आफ्नै तिघ्रालाई प्रचारको भित्तो बनाइरहेकी छिन् । सविन श्रेष्ठ, यश कुमारको समेत अभिनय रहेको यो चलचित्र चैत्र २१ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । भित्तो छोडेर तिघ्रामा नाम लेखाउने नायिका यो शैलीले सिनेमालाई असर पार्छ या फाइदा, त्यो त भोलीका दिनमा नै थाहा हुनेछ । तर करिअर बचाउने ‘आधी बाटो’को प्रचारका लागि जेनिशा थुप्रै उपाय
सोचिरहेकी छिन् ।

No comments:

Post a Comment