नहेरे बाबा क्षितिजैपारि, तीजमा
पाउँदिन आँउनलाई….. बावा पाउँदिन आउँनलाई ….. यो मर्मस्पर्सी गीत गायिका
श्रेयसी चेम्जोङ्ग लिम्बूले महिलाहरुको महान चाड तीजको अवसरमा तयार पारेको
एल्बम श्रेयसी को हो । श्रेयसीले तीजको अवसर पारेर गाएका दुईवटा गीतहरु
क्रमशः ‘नहेरे बाबा क्षितिजैपारि’ र ‘चल्यो चल्यो चल्यो है चल्यो बरी लै’
को म्यूजिक भिडियोको छायांकन समापन भएको छ । सुन्दरीजलमा छायांकन गरिएका
यी दुबै गीतको लागि स्थानीय समाजसेवी जनार्दन खड्काले आफ्नो घर उपलव्ध
गराएर सहयोग गरेका छन् । समाजसेवी
एवं साहित्यकार भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ को शब्दमा तयार भएका गीतहरु
क्रमशः ‘नहेरे बाबा
क्षितिजैपारि’ को लय संकलन भानेन्द्र सम्बाहाङफे
‘जुझारु’ ले गरेका हुन् भने ‘चल्यो चल्यो बरी लै’को लय संकलन संगीत संयोजक
मनोज चौलागाइँले तयार पारेका हुन् । निक्कै मर्मस्पर्सी ठेट पूर्वेली
संगीनी नृत्यसमेत रहेको ‘नहेरे बाबा क्षितिजैपारि’ चेलीहरुको पारिवारिक
बाध्यता र जिम्मेवारीका कारण तीजमा माईत आउन नसक्ने चेलीको उद्गारका
कथा–व्यथाहरु समेटिएका छन् भने अर्को निक्कै नै रमाईलो गरी तीजलाई स्वागत
गरिएको ‘चल्यो चल्यो बरी लै तीजको रहर’ भन्ने गीतले तीजलाई स्वागत गरिरहेको
र तीजलाई रमाईलो गरी मनाउनु पर्छ भन्ने भाव व्यक्त भएको छ ।केशव अधिकारीको छायाङ्कन रहेको यी दुवै गीतलाई चलचित्र निर्देशक माधव खरेलले निर्देशन एवं सम्पादन गरेका हुन् ।
No comments:
Post a Comment