पछिल्लो दिनमा फिल्म रांझडा तथा भाग मिल्खा भागको सफलताले रमाइरहेकी
सोनमले हालै बलिउडको एक ठूलो प्रोजेक्टका लागि अडिसन दिएकी छिन् । यदि उनी
छनोट भइन् भने उनी चर्चित हलिउड फिल्म पाइरेट्स अफ क्यारेबियन को पाँचौ
श्रृंखलामा अभिनेता जोनी डेपसँग देखा पर्नेछिन् । सोनम उक्त अडिसनबाट
पार पाउने र हलिउडमा ठाउँ बनाउनेमा धेरै ढुक्क छन् ।
कतिपयले सोनमका लागि अनिलले सोर्स लगाइदिएकाले पनि सोनमको ठाउँ पक्का भएको
ठान्छन् । उक्त हलिउड फिल्मको शुटिङ सन् २०१५ मा सुरु हुनेछ ।Friday, August 16, 2013
हलिउडमा डेब्यु गर्दै सोनम कपूर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment