‘ह्याप्पी एनिभर्सरी’ मार्फत ऐश्वर्याको कमब्याक
बलिउड नायिका ऐश्वर्या रायको चर्चा सधै नै
हुनेगर्दछ । पर्दा पछाडी होस् या अगाडी नै रहेर होस्, ऐश्वर्या सधै नै
न्यूजमेकर बन्ने गरेकी छिन् ।
छोरीलाई
जन्म दिएपछि पर्दा पछाडी नै रहेकी ऐश्वर्या बलिउडमा कमब्याक गर्ने कुराले
संचारमाध्यममा सधै चर्चा पाउने गरेको छ ।
केही समय अघि मात्र करण जोहरको एक
सिनेमामा आइटम नृत्य गर्ने खबरले पनि उनको चर्चा भयो । यसपश्चात साहरुख
खानले निर्माण गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा उनी खेल्ने कुराले
चर्चा पायो ।
तर अब भने ऐश्वर्या चलचित्र ‘ह्याप्पी
एनिभर्सरी’ मार्फत कमब्याक गर्ने भएकी छिन् । उनले यो सिनेमा खेल्नका
लागि
हरियो बत्ती बालेको बताइन्छ । यो सिनेमालाई गौरांग दोषीले बनाउन लागेका
हुन् ।
No comments:
Post a Comment