अध्यक्ष दाहालले नेता भट्टराईलाई ‘भारतपरस्त’ भन्ने आरोपसहित गिरफ्तार गरेपछि दाहाल
बाबुराम भट्टराईका बारेमा त नेपाली जनमानसमा कुनै शंका छैन। शिक्षा–दीक्षादेखि नेपाली हार्डवेयरमा भारतीय सफ्टवेयर भएका नेताका रूपमा उनलाई चिनाइरहनै पर्दैन। स्वयम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनलाई युद्धकालमा भारतपरस्त भनेर दस्तावेजमा मात्र लेखेनन्, संविधानसभाको निर्वाचनपछि पनि त्यही कुरा दोहोर्यासए। खन्ना गार्मेन्टमा आयोजित कार्यकर्ता भेलामा दाहालले ‘भारतले बाबुरामजीलाई प्रधानमन्त्री बनाइदिने तर मलाई बन्न नदिने खेल खेलेको छ’ भन्दै आक्रोश व्यक्त गरेका थिए। तर, तिनै दाहालको उक्त विरोध कुनै राष्ट्रवादका लागि नभएर भारतले आफूलाई विश्वास गरेन भन्ने अरण्यरोदन मात्र रहेछ भन्ने घटनाक्रमहरूले देखाएका छन्।
रोल्पामा सुरुङ, दिल्लीमा बिन्तीपत्र
नेपालका गाउँमा जनताका छोराछोरीलाई ‘भारतविरुद्ध युद्ध गर्नका लागि’ सुरुङ खन्न लगाउने एमाओवादी अध्यक्ष दाहाल र नेता भट्टराईले भारतीय गुप्तचर संस्था र प्रधानमन्त्री कार्यालयमा ‘भारतको खास हितहरू (कोर इन्टे्रस्ट) विरुद्ध कुनै काम नगर्ने’ कबुलियतनामा गरेको खुलासा उनीहरूकै मानसपिता एसडी मुनीले गरिसकेका छन्। अघिल्लो चुनावताका पनि आफूलाई खास राष्ट्रवादी र अरूलाई राष्ट्रघाती भन्न पछि नपर्ने एमाओवादीका नेताहरू यतिबेला नराम्ररी नांगिसकेका छन्। उनीहरूले प्रयोग गरेको राष्ट्रवादको नक्कली मुखुण्डो पूर्णरूपमा उत्रिएको छ भने आमनागरिकले को कति राष्ट्रवादी छ भन्ने तुलना गरेर हेर्न पाएका छन्।

र सँग कति उठबस!
एमाओवादी नेताका प्रत्येक क्रियाकलाप भारतीय गुप्तचर संस्था ‘र’ को प्रत्यक्ष संलग्नता र योजनामा बन्ने गरेका रहेछन् भन्ने देखिएको छ। एउटा देशको ‘जनयुद्ध’ सञ्चालन गरिरहेको कम्युनिस्ट पार्टीले अर्को देशको ‘प्रतिक्रियावादी’ र ‘विस्तारवादी’ सरकारको गुप्तचर संस्थासँग यस्तो हिमचिम बढाएको र उसैको अह्रनखटनमा चलेको उदाहारण बिरलै पाइन्छ। तर, एमाओवादीको नेतृत्वले आफ्नै पार्टीभित्रका असहमत पक्षलाई गुप्तचर संस्थासँग मिलेर पक्राउ गर्नसम्म पछि परेनन्। मोहन वैद्य, चन्द्रप्रकाश गजुरेल र उनीहरू पक्षधर नेता–कार्यकर्ता मात्र भारतमा छानीछानी पक्राउ पर्नुले यसको पुष्टि गर्दछ।

राष्ट्रवादको नक्कली मुखुण्डो
एमाओवादीले आफूलाई राष्ट्रवादी र अरू पार्टीलाई राष्ट्रघाती भन्ने उपमा दिन रुचाउँछ। भारतसँग समानताका आधारमा महाकाली सन्धि गरेकै कारण यतिसम्म कि एमालेलाई समेत उसले राष्ट्रघाती भन्न बाँकी राखेन। तर, भित्रभित्रै एमाओवादी नेताहरूले कसरी राष्ट्रमाथि गद्दारी गरेका रहेछन् भन्ने पनि घटनाक्रमहरूबाट पुष्टि भएको छ। पछि पनि बाबुराम प्रधानमन्त्री हुँदा भारतीय चाहनाअनुसार बिप्पा–सम्झौता गरिएको थियो भने विमानस्थल पनि भारतीय कम्पनीलाई दिने सहमति गरिएको थियो। यी घटनाहरू एकाएक भएका रहेनछन् र त्यसका लागि लामो समयको योजना र प्रयास रहेछ भन्ने कुरा अहिले छर्लंग भएको छ।

No comments:
Post a Comment