बलिउड नायिका करिना कपुरलाई अझै पनि
बलिउडमा कपुरहरुको नै राज रहेको जस्तो लाग्छ । उसो त यतिबेला बलिउडमा
खानहरुको एकलौटी राज चलिरहेको छ । तर करिनालाई भने कपुरहरु निक्कै
प्रतिभाशाली र अझै पनि बलिउडमा राज गरिरहेका छन् भन्ने लाग्छ ।करिनाले
भनेकी छिन्, ‘कपुरहरु बलिउडका निक्कै प्रतिभाशाली कलाकार हुन् र सधै
रहनेछन् ।’ उनले अझै पनि बलिउडका चर्चित कलाकारहरु ऋषि कपुरको अघि घुडा
टेक्ने बताइन् । उनलाई बलिउडमा अहिले नायक रणवीर कपुर निक्कै प्रतिभाशाली
लाग्छ । रणवीरसँग सिनेमा खेल्ने चाहना भएपनि नपाएको उनको तर्क छ । गर्भवती करिना हालै
मात्र करिनाको बढ्दै गएको पेट सहितको
तस्बिर सार्वजनिक भएपछि यसले सामाजिक संजालमा चर्चा पायो । सैफअली खानसँग
बिहे पश्चात कतै यो जोडीले बच्चा जन्माउने निर्णय त गरेन भन्ने शंका पनि
उनका फ्यानहरुमा पर्न गयो । तर करिनालाई चलचित्र ‘गोरी तेरे प्यार मे’ मा
गर्भवती भएको अवस्थामा देख्न सकिनेछ । यो चलचित्रको हाल धमाधम छायांकन
भइरहेको छ ।
No comments:
Post a Comment