चीनको उच्चस्तरीय टोली नेपाल आउँदै
काठमाडौं, पुस २- चिनियाँ कम्युनिस्ट
पार्टीका विदेश मामिलासम्बन्धी उपमन्त्री आई पिङ नेतृत्वको टोली मंगलबार
नेपाल आउँदै छ । १४ सदस्यीय टोलीको नेतृत्व गर्दै पिङ नेपाल आउने कार्यक्रम
तय भएको चिनियाँ दूतावास स्रोतले जनाएको छ । चिनियाँ टोलीले नेपालको राजनीतिकबारे दलका शीर्ष नेताहरुसँग छलफल गर्ने छ ।
नेपाली कांग्रेसको विदेश विभागको निमन्त्रणामा आउन लागेका पिङलाई नेपाल
मामिलाको विज्ञका रुपमा लिइन्छ । उक्त टोलीले सरकारी अधिकारीहरुसँग भने
औचपारिक भेटवार्ता गर्ने छैन् । पिङले कांग्रेस सभापति सुशील कोइराला,
एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत
शीर्ष नेताहरुलाई भेट्ने
कार्यक्रम रहेको छ ।
पिङ चिनियाँ कांग्रेसमा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागबाट चयन
भएका पाँच सदस्यमध्ये एक हुन् । एक साताअघिमात्रै २ चिनिया नेताहरु नेपाल
आएका थिए ।
No comments:
Post a Comment