विक्रम सम्बत १९८१ साल पुस ८ गते जन्मनु भएका सन्त नेता भट्टराईको ८७ वर्षको उमेरमा दुई वर्षअघि निधन भएको थियो ।
कांग्रेस संस्थापक नेता विपी कोइरालाको निधनपछि कांग्रेसको नेतृत्व
गरेका भट्टराईले २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि अन्तरिम सरकारको
नेतृत्व गरेका थिए । भट्टराई कै नेतृत्वमा २०४७ सालको संविधान जारी भई २०४८
सालमा आम निर्वाचन भएको थियो ।
संवैधानिक राजतन्त्रका पक्षधर एवं आध्यात्मिक चिन्तनसहितका स्वर्गीय भट्टराई नेपाली राजनीतिमा आदर्श नेताका रुपमा चिनिन्छन ।
No comments:
Post a Comment