Monday, December 23, 2013

विनिताको प्रेममा अर्जुनलाई ‘कस्तो टेन्सन’

binita-and-arjun                 चलचित्र ‘कस्तो टेन्सन’बाट नेपाली सिने नगरीमा उदाउन लागेका नव कलाकार अर्जुन पौडेल यो क्षेत्रलाई बचाउने जिम्मा नयाँ पुस्ताको भएको बताउँछन् । 
                नायिका बिनिता घिमिरेसँग पर्दामा जोडी जमाउने सुरमा रहेका अर्जुनले आफू पैसा खर्च गरेर हिरो नभएको बताए ।उनले आफू चलचित्र ‘कस्तो टेन्सन’बाट निक्कै आशावादी समेत रहेको बताएका छन् । आफ्ना साथीहरु यही क्षेत्रमा रहेकाले उनीहरुको सल्लाहा अनुसार तयारी गरेरै आफू हिरो हुन आएको तर्क पौडेलको छ । उनले आफू हिरो भन्दा पनि कलाकार बन्न आएको बताएका छन् । चलचित्र ‘कस्तो टेन्सन’लाई शिव घिमिरेले निर्देशन
गरेका हुन् । चलचित्रमा मोनिका दाहाल, भुवन भुजेलको पनि अभिनय छ । चलचित्रको प्रदर्शन मिति भने तय भैसकेको छैन ।

No comments:

Post a Comment