Friday, December 13, 2013

नियम विपरित सदस्यता वितरण हुँदैनः शिब गाउँले

          काठमाडौं, मंसिर २८–नेपाल पत्रकार महासंघका महासचिव शिब गाउँलेले सदस्यता वितरण नियम विपरित नहुने स्पष्ट पारेका छन् ।
                महासंघको शाखा अधिवेशन र महाधिवेशनको पूर्वसन्ध्यामा सदस्यता वितरणमा अनियमितता भएको भन्दै सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि उनले सदस्यता वितरण विधि र परम्पराभन्दा बाहिर गएर वितरण नहुने स्पष्ट पारेका हुन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनले सञ्चारमाध्यममा आएका समचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कहिँकतै त्यस्तो पाइए विधानअनुसार सच्याइने बताएका छन् ।
                  नेपाल पत्रकार महासंघको विधान, यसको स्वीकृत विधि र परम्पराभन्दा बाहिर गएर सदस्यता वितरणको कार्य हुँदैन ।’ गाउँदेले जारी गरेको विज्ञप्तीमा
भनिएको छ, ‘कहिँ कतै भएमा त्यसलाई विधानअनुसार सच्याइने छ ।’ उनले महासंघ मुलुकका सबै पत्रकारहरुको साझा भावनाअनुसार चल्ने कुरामा कुनै सम्झौता नहुने समेत प्रतिबद्धता जनाएका छन् । कतिपय शाखामा सदस्यता वितरणमा देखिएको समस्या सुल्झाउन संगठन समिति र केन्द्र्रीय समितिको २०७० असोज दोस्रो साता भएको निर्णय र सहमतिको आधारमा अघि बढ्न तुरुन्तै संगठन समिति र केन्द्रीय कार्यसमितिको बैठक आहृवान हुने जानकारी गराउँदै यस्ता कुनै पनि मामिलाको सहमतिका आधारमा हल खोजिने उनले जनाएका छन् ।

No comments:

Post a Comment