बहिउड अभिनेत्री कंगना रनवतले अनुभवीहरुबाट केही टिप्स मागेकी छिन् ।
कंगनाका लागि टिप्स किन पनि खास छ भने उनी दुई दिनभित्र बिबाह गर्दैछिन् ।यदि तपाईं बिबाहित हुनुहुन्छ,
सुहागरात र हनिमुनको अनुभव छ भने तपाईले कंगनालाई टिप्स दिनसक्नुहुन्छ ।कंगनाले चलचित्र ‘क्वीन’मार्फत् यसरी सुहागरात र हनिमुनको टिप्स मागेकी
छिन् । फेब्रुअरी २८ मा रिलिज हुन लागेको यो फिल्मको पहिलो टिजर हालै
युट्युवमार्फत् सार्वजनिक गरिएको छ जहाँ गाउँले सिधा केटीजस्ती देखिने
कंगनाले आफ्नो मनको कुरा खोलेकी छिन् ।
उनी भन्दैछिन की उनी दुई दिनभित्र बिबाह गर्दैछिन । हनिमुनका लागि बिदेश
जाने योजना पनि छ । यदि तपाईसँग केही ब्यबहारिक अनुभव छ भने कृपया मलाई
भन्नुहोला । त्यसका लागि उनले कमेन्ट बक्समा सुझाव पेश गर्न आग्रह गरेकी
छिन् । यो प्रोमो हेर्दा लाग्छ- उनी कुनै रियालिटी सोमा भोट मागिरहेकी छिन्
टिजरमा उनलाई आम मानिसले बिभिन्न सुझाव दिएको पनि देखाइएको छ । कपितय लजाउँदै सुझाव दिन इन्कार गरेका छन् ।
No comments:
Post a Comment