मोरङ–९ बाट पराजित नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित छानबिन समितिमा अर्घाखाँची–१ बाट चुनाव जितेका नेता टोपबहादुर रायमाझी सदस्य थिए। अन्तर्घातका कारण पार्टीले पराजय भोग्नुपरेको कुरा आन्तरिक प्रतिवेदनमा राख्ने या नराख्ने विषयमा छानबिन समितिका संयोजक
धेरैजसो निर्वाचन क्षेत्रमा अन्तर्घातको ह्याङ ओभर बाँकी नै रहेको र केही निर्वाचन क्षेत्रमा ठूला नेता नै अन्तर्घातमा संलग्न रहेका कारण छानबिन समिति कुहिरोको कागजस्तै बनेको एक सदस्यले तरुणलाई बताए। ‘धनुषा–७ मा भएको समीक्षा बैठकमा देवसागर दासमाथि रामधुलाई भएपछि हामी समस्यामा पर्यौंर,’ उनले भने। उनका अनुसार बाबुराम भट्टराई प्रधानमन्त्री हुादा स्वकीय सचिव रहेका देवसागर दासलाई अन्तर्घातको आरोपमा समीक्षा बैठकस्थलमै रामधुलाई गरिादा पराजित उम्मेदवार रामचन्द्र मण्डल तमासा हेरेर बसिरहे। कुटाइ खाने डरले केन्द्रीय सदस्य असर्फी भिनवा, चन्दे्रश्वर कुर्वे, तारा महतो, मनिष जर्घामगर बैठकमै गएनन्। अन्तर्घातको आरोपमा कुटाइ खाने देवसागर, कुटाइ खाने डरले समीक्षा बैठकमै नगएका केन्द्रीय सदस्य असर्फी र तारा समानुपातिकतर्फका उम्मेदवारसमेत हुन्।
झापामा भएको समीक्षा बैठकमा केन्द्रीय सदस्य कुमार बुढाथोकी र पे्रमसागर गिरीलाई कुट्न केही कामरेडहरू दारु खाएर प्रवेश गरेपछि भागभाग भएको थियो। उनीहरूमाथि कांगे्रस र एमालेका उम्मेदवार दुवैबाट पैसा खाएको आरोप लागेको छ। महोत्तरी–४ को समीक्षा बैठकमा पराजित उम्मेदवार इन्दु शर्माका श्रीमान् रामकुमार शर्मा नाजवाफ भए। सद्भावनाकी उम्मेदवार (जानकी कलेजकी सञ्चालिका) सुरिताकुमारी साहबाट इन्दु शर्माका श्रीमान् रामकुमार शर्माले १० लाख रुपैयाँ लिएको कुरा उठेपछि बैठक स्थगित भएको थियो। आफ्नै श्रीमतीमाथि अन्तर्घात गर्ने नियतले शर्माले सद्भावनाकी उम्मेदवारसाग पैसा खाएका भने थिएनन्। हारिने भयो भन्ने अनुमान उनको थियो। तर इन्दु शर्मा पाँच सय मात्रै मतअन्तरले पराजित भइन्।
यसैगरी, धनुषा–१ का विद्रोही उम्मेदवार श्रवण यादवको पक्षमा प्रभु साहदेखि विश्वनाथ साहसम्म खुलेरै लागे। आधिकारिक उम्मेदवार रामचन्द्र झा तेस्रो भए। विद्रोही यादवले आधिकारिक झाभन्दा २३ सय मत बढी ल्याए। धनुषा–२ का आधिकारिक उम्मेदवार रामचन्द्र मण्डलले आफ्नै पार्टीका पूर्वसभासद् फरमुल नदामलाई अपहरण गर्न लगाएको पोल तत्कालै खुलेपछि चुनाव प्रचार कार्य प्रभावित भएको कुरा पनि छानबिन समितिले आफ्नो गोप्य प्रतिवेदनमा उल्लेख गरेको छ। एमालेबाट भर्खर प्रवेश गरी पर्सा–५ मा उम्मेदवार बनेकी उर्मिला अर्याललाई हराउन खुलेआम लागेका जलमी मिया, जोगेन्द्र साह र बारा–६ का उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) ले समीक्षा बैठकलाई धोती लगाइदिए। पर्सा–२ मा पैसा लिएर टिकट बिक्री गरिएका कारण पार्टी कार्यकर्ताहरू चुनाव प्रचारमा सहभागी नभएको सूचना छानबिन आयोगले प्राप्त गरेको छ।
झापा–७ का उम्मेदवार गोपाल किराँतीले खुम्बुवानको वकलात गरेका कारण लिम्बू समुदायले मत नदिएको, सुनसरी–१ का उम्मेदवार मुकसमहाङ लिम्बूलाई राईहरूले मत नदिएको कुरा आन्तरिक प्रतिवेदनमा उल्लेख छ। काठमाडौं–१० का उम्मेदवार अध्यक्ष पुष्पकमल दाहालले प्राप्त गरेको मतभन्दा समानुपातिकतर्फ पार्टीले तीन हजार मत बढी ल्याएपछि वरिष्ठ नेता बाबुराम भट्टराईमाथि पनि छानबिन गर्नुपर्ने कुरा उठेको छ।
काठमाडौं–५ का उम्मेदवार महेन्द्र श्रेष्ठ, वरिष्ठ नेता भट्टराई, उनकी श्रीमती हिसिला यमी कांगे्रस उम्मेदवार नरहरि आचार्यसाग होटल सहन्सामा बैठक बसेको सन्दर्भलाई छानबिन प्रतिवेदनबाट अन्तिम अवस्थामा हटाइएको थियो। सदस्य रायमाझीको जोडबलपछि हटाइएको हो। एमालेका ईश्वर पोखरेललाई चुनाव हराउन कांग्रेसका नरहरिलाई आफ्नो पार्टीका करिब १५ सय मत दिइएको उम्मेदवार महेन्द्र श्रेष्ठले समेत स्वीकार गरेका छन्। कास्की जिल्लाबाट प्रत्यक्षमा भन्दा समानुपातिकमा आठ हजार मत बढी आएको दोष पनि वरिष्ठ नेता भट्टराई पक्षधरलाई लगाइएको छ। यसैगरी, प्रदीप ज्ञवाली हराउन गुल्मीका कांगे्रस उम्मेदवारलाई समर्थन गरिएको प्रकरणलाई छानबिनको दायरामा ल्याइएको छ।
छानबिन समितिले चन्दा उठाउने, तर चुनाव प्रचारमा रकम खर्च नगर्ने १५ जना उम्मेदवारको सूची बनाएको छ। उक्त सूचीमा मोरङ–२ का उम्मेदवार कुमार पौडेलको नाम पहिलो नम्बरमा छ। उनले पार्टीबाट १० लाख, वर्षमान पुनबाट पाँच लाख र अन्य चन्दादाताबाट १५ लाख गरी ३० लाख रुपैयाँ संकलन गरेका थिए, तर खर्च भने एक लाख पनि देखाउन सकेका छैनन्। थारू समुदायका कार्यकर्ताले इमान्दारिता प्रदर्शन गरेका कारण सप्तरी क्षेत्र नं. १, २ ३, बर्दिया–२ र कैलाली–१ मा सफलता मिलेको पनि आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
No comments:
Post a Comment