Sunday, January 5, 2014

सक्रिय लबिङमा राष्ट्रपति

download (2)              काठमाडौं,पुस २२–संविधानसभा बैठक राष्ट्रपतिले बोलाउने कि मन्त्रिपरिषद् अध्यक्षले बोलाउने भन्ने विवाद सर्र्बोच्च अदालतमा छ,सर्वोच्चको फैसला नपर्खिएर राष्ट्रपति रामबरण यादव बैठक आफै बोलाउने पक्षमा सक्रिय लविङ गरिरहेका छन् ।
                       संविधानसभाको बैठक आफैंले बोलाउनु पर्ने पक्षमा रहेका राष्ट्रपति यादवले मंगलबार सबै दलका नेताहरुलाई चियापानमा बोलाएका छन् । बिवाद सर्वोच्चमा गइसकेपछि उनले लगातार दलका नेताहरुलाई बोलाएर बैठक आफैंले बोलाउनु पर्ने पक्षमा लविङ गर्दै आएका छन् । अन्तरिम संविधानले संविधानसभाको बैठक बोलाउने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ । त्यसैले मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी बैठक बोलाउने तयारीमा लागेका छन् । अघिल्लो संविधानसभा बैठक तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बोलाएका थिए । तत्कालिन प्रधानमन्त्री गिरिजापप्रसाद कोइरालाले राष्ट्रप्रमुखको हैसियतमा बैठक बोलाएको तर्क गर्दै यसपाली राष्ट्रपतिले बैठक
बोलाउनु पर्ने तर्क शितल निवासले गर्दै आइरहेको छ । शितल निवास र सिंहदरवारबीचको चिसो बढेपछि मुद्दा सर्बोच्चमा पुगेको हो । तर मुद्दा सर्वोच्चमा पुगेपछि त्यसलाई पर्खनुको सट्टा उनी झन सक्रिय लविङमा लागेका छन, आजको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment