निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मेवारी लिन एमाओवादी अध्यक्ष
प्रचण्डले आनाकानी गरेपछि पूर्वउपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र
नारायणकाजी श्रेष्ठ प्रकाश प्रचण्डलाई तह लगाउन कस्सिएका छन्। भट्टराई र
श्रेष्ठ चुनावमा पराजयको निम्ति प्रचण्डको कार्यशैली र नीति नै मुख्य कारण
रहेको निष्कर्षमा पुगेका छन् र दुवै नेताले आफ्नो कमजोरी स्वीकार गर्दै
सुधि्रन प्रचण्डमाथि दबाब दिइरहेका छन्। एमाओवादीका प्रमुख तीन नेता
प्रचण्ड, बाबुराम र नारायणकाजीमध्ये विगतमा प्रचण्ड नारायणकाजीसँग निकट भए
पनि पछिल्लो चरणमा दुईबीचको सम्बन्धमा समेत चिसोपन बढेको छ र प्रचण्डसँग
भिड्न भट्टराई र श्रेष्ठ ‘एक’ हुन पुगेका छन्। ज्ञातव्य छ, भट्टराई र
श्रेष्ठबीचको सम्बन्धमा यसअघि न्यानोपन
प्रतिवेदनमा आफ्ना माग र भावनाको उपेक्षा गरिएमा भने दुवैले ‘काउन्टर
प्रतिवेदन’ तर, बेग्ला–बेग्लै प्रस्तुत गर्ने भएका छन्। श्रेष्ठ र
भट्टराईको भावना समेट्न प्रचण्डले आवश्यक नठानेको बताइन्छ, तर पूरै उपेक्षा
गर्दा चौतर्फी हमलाको सिकार होइने भएकोले प्रचण्ड कुनै न कुनै रूपले
उपाध्यक्षद्वयको भावनासमेत समेटिने गरी प्रतिवेदन तयारीमा जुटेको प्रचण्डका
निकटवर्तीहरूले बताएका छन्। भारतीय राजदूत रञ्जित रेसँगको औपचारिक
भेटवार्तालगत्तै प्रचण्ड आफ्नो प्रतिवेदन लेखनमा जुटेका छन्। यता
प्रतिवेदनलेखनमा केन्द्रित भए पनि प्रचण्डले बाबुरामको आक्रोश साम्य पार्न
अनेक प्रयत्न भने गरिरहेका छन्। यसैबीच प्रचण्डले संसदीय दलका नेता बन्न
भट्टराईलाई प्रस्ताव गरेको बुझिएको छ। प्रचण्डको उक्त प्रस्तावलाई
बाबुरामले भने छलकपट मात्र हुनसक्ने ठानेको बताइन्छ। जे भए पनि केन्द्रीय
समितिको आगामी बिहीबार (२ गते) बाट सुरु हुने बैठक प्रचण्ड र एमाओवादीका
लागि चुनौतीपूर्ण हुने ठानिएको छ। प्रचण्ड झुक्न तयार नभएमा पार्टीभित्रको
विवादले उग्ररूप लिनसक्ने सम्भावना देखिएको छ।
No comments:
Post a Comment